प्रेस काउन्सिलले ४ अनलाइन कालोसूची र ८ वटालाई ध्यानाकर्षण पत्र, यस्ताे छ कारण

काठमाडौं । ४ वटा अनलाइन न्युज पोर्टनललाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेको छ । आचारसंहिता उल्लंघन गर्न पटकपटक प्रेस काउन्सिल नेपालले गरेको आग्रहलाई बेवास्ता गर्ने चार वटा अनलाइनलाई कालोसूचीमा राखिएको काउन्सिलले आज जारी गरेकाे बक्तब्य मार्फत जानकारी दिएकाे छ ।

इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोटीपाटी डटकमले आचारसंहिता पालना गर्न गरेको आग्रह अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ ।

यीमध्ये इहिमालयटाइम्स नियमानुसार दर्ता र सूचीकरण नभएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जनाएका छन् ।

त्यसैगरी काउन्सिलले ८ न्युज पोर्टललाई ध्यानाकर्षण र ४ वटालाई सचेत गराएको छ । जसमा देशसञ्चार डटकमसमेत छ । अनलाइन न्युज पोर्टल मात्र होइन एक सञ्चारकर्मी र एक विज्ञलाई पनि पछिल्लो १५ दिनको अवधिमा सचेत गराइएको काउन्सिलले जनाएको छ । ति अनलाईन तथा सामाजिक सञ्जालमा पाेष्ट गरिएका सामाग्रीमा राष्ट्रपति देखि प्रधानमन्त्री, मन्त्री सम्मलाई निक्कै आपत्तिजनक शब्दहरु प्रयाेग गरिएकाे काउन्सिलले जानकारी दिएकाे छ ।

Advertisment