काेईराला निवासमा विमलेन्द्र,शशांक र प्रकाशमानबीच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहवीच आज पुनः छलफलमा जुटेका छन्।
कोइराला निवास महाराजगञ्जमा बिहान ११ बजेदेखि छलफल शुरु भएको छ। छलफलमा महाधिवेशनमा कसरी पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्ने भन्नेलगायतका बिषयमा कुराकानी भएको हो।
यसअघि निधि, कोइराला र सिंहबीच निधि निवासमा बानेश्वरमा कुराकानी भएको थियो। तीनै जनाबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ।

Advertisment