पेमा छाल शाक्य गुम्बाद्धारा अपांग र वृद्धाहरुलाई खाद्यान्न

पोखरा २१ असार । कोरोना भइरसको दोश्रो भेरियन्ट देखिएसंगै गत वैशाखको अन्तिम सातादेखी जारी गरिएको निशेधाज्ञा
विस्तारै खुकुलो हुन थालेको छ । निशेधाज्ञा खुकुलो भएतापनि अपांगता भएका र वृद्धाश्रममा आश्रित रहेका
वृद्धवृद्धाहरुका लागी भने निशेधाज्ञाका कारण दैनिक जीवन जीउन अफ्ठ्यारो परेको छ । अपांगता भएका
हरुले आफुहरुले सानोतिनो व्यापारको काम गर्ने भएतापनि निशेधाज्ञाका कारण बजार बन्द हुदा दैनिक
जीवन जीउन निकै अफ्ठ्यारो परेको छभने वृद्धाश्रममा पनि अन्य वेलामा झै सहयोगी मन भएकाहरु
सजिलै पुग्न नसक्दा खाद्यान्न सामाग्रीको अभाव सृजना हुन थालेको हो ।

यसैलाई मध्येनजर गरी कास्कीको पोखरा महानगरपालिका याम्दीमा रहेको पेमा छाल शाक्य गुम्बाले
अपांग, वृद्धावृद्धाहरु र दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुका लागी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण
गरेको छ । मुस्ताबको उपल्लो क्षेत्रबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टको
संयोजनमा पेमा छाल शाक्य गुम्बाले अमेरिकी संस्था डुले इन्टरमेट इन्टरनेसनलको सहयोगमा
उनीहरुलाई महामारी राहत परियोजना अन्तर्गत खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

कोभिडका कारण दैनिक ज्याला मजदुरी गर्ने, अपांगता भएका हरु र वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई
खाद्यान्नको समस्या यसअघिको निशेधाज्ञामा पनि देखिएको र त्यसवेला पनि पोखरा महानगरभित्र रहेको
विभिन्न आश्रम, अपांगता भएका ब्याक्ति र दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुलाई खाद्यान्न सहयोग
गरेको र यो पटकको निशेधाज्ञामा पनि खाद्यान्न सहयोग गरिएको विष्टले वताए । पेमा छाल शाक्य गुम्बाले
विभिन्न दातृ निकायहरुबाट सहयोग जुटाइ अघिल्लो पटकको निशेधाज्ञा र यो पटक पनि दैनिक ज्याला
मजदुरी गर्ने परिवार, अपांगता झएका ब्याक्ति र वृद्धाश्रममा रहेका ब्यात्तिहरुलाई खाद्यान्न सहयोग
गरिएको उनको भनाइ रहेको थियो ।

यो पटकपनि गुम्बाको आयोजनामा पोखरा महानगरपालिका वडा नम्ब २५ याम्दी आसपास बसोवास गरी
दैनिक ज्याला मजदुरी गर्ने ३ सय ५० घरपरिवारलाई खाद्यान्न, पोखरा २९ मा रहेको अपांगमैत्री समाज
कास्कीमा आवद्ध रहेको ३२ जनालाई र पोखरा ३२ मा रहेको राधाकृष्ण वृद्धाश्रममा आश्रित ५६ जना
वृद्धवृद्धालाई तीन महिना सम्म पुग्ने गरी खाद्यान्न सामाग्री वितरण गरिएको गुम्बाका सचिव लोप्साब छिरिबले
वताए । यसअघिपनि अपांगमैत्री समाजमा आवद्ध रहेकाहरुलाई खाद्यान्न संगै जाडोमा ओढ्ने ब्लाबकेट र
सहयोगी सामाग्री समेत गुम्बाले सहयोग गरेको थियो भने कास्कीमा रहेको विभिन्न वृद्धाश्रम र आश्रमहरुमा
खाद्यान्न सामाग्री समेत वितरण गरिएको थियो ।
गुम्बाले पोखरा र दुलेगौंडा स्थित ५ शरणार्थी शिविर र मुस्ताबको थासाब तथा घरपझोब गाउँपालिकाका ५
सय २७ घरपरिवारलाई खाद्य सामग्री प्रदान गरेको थियो भने निकट भविष्यमै उपल्लो मुस्ताबका १ हजार ५
सय घरपरिवारलाई राहत उपलब्ध गराउने योजना रहेको जनाएको छ । हाल सम्म गुम्बाले २४ लाख १० हजार
बराबरको खाद्य सामाग्रीहरु राहत स्वरुप वितरण गरिसकेको छ

Advertisment