चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा चार जना चिनियाँ नागरिक पक्राउ परेकाे खबर प्राप्त भएकाे छ । काठमाडौं महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले हिजाेराति जुवातास खेलाउने चार जना चिनियाँलाई पक्राउ गरेको जनाएकाे छ ।

ठमेल स्थित ज्याठाबाट प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्री सहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुई छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर चिनियाँलाई सार्वजनिक गरेको छ । चिनियाँहरूको साथबाट ८ लाख ८९ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्रेको थियो ।

चिनियाँ नागरिकको साथबाट प्रहरीले २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला, गाईको छाला, जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युतीय टेबल बरामद गरेको छ । ज्याठा स्थित जियाङ्गहु खाजान होटेलबाट पक्राउ परेको सो समूह सट्टेबाजीमा संलग्न गिरोह भएको प्रहरीले दाबी गरेको छ ।

Advertisment