प्रधानमन्त्री देउवालाई माेदीकाे बधाई

पाेखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदर मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले प्रतिनिधिसभामा ८३ बिरुद्व १६५ मत पाएसंगै आइतबार राति १०:३० बजे मोदीले बधाई दिएका हुन्।

प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई सफल कार्यकालका लागि बधाई दिएका छन्। मोदीले ट्वीट गर्दै भनेका छन्, ‘जनस्तरको गहिरो सम्बन्ध सुदृढ गर्न र सबै क्षेत्रको विशिष्ट साझेदारी थप वृद्धि गर्न प्रधानमन्त्री देउवासँग काम गर्न प्रतीक्षारत छु।’
२०७८, श्रावण ३

Advertisment