मृगौला पिडित बिकलाई सहयोग

पोखरा १४ साउन । मृगौला पिडित उत्तम विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । उत्तम बचाउ अभियान समितिद्वारा संकलित नगद ११ लाख ९२ हजार १ सय १ रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । पोखरा २० घर भई पोखरा मालेपाटन बस्दै आएका दुवै मृगोला फेल भई हालै मृगौला प्रत्यारोपण गरेका विकलाई समितिद्वारा संकलित ११ लाख ९२ हजार १ सय १ रुपैया हस्तान्तरण गरिएको हो ।

समितिद्वारा संकलित १९ लाख ९२ हजार १ सय १ रुपैयामध्ये उपचार मृगौला प्रत्यारोपण पश्चात वांकी रहेको रकम ११ लाख ९२ हजार रुपैया हस्तान्तरण गरिएको हो । समितिका संयोजक खर्कमान गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम बहादुर गुरुङ, विभिन्न समाजसेवीहरुद्धारा उक्त रकम बरावरको चेक हस्तान्तरण गरिएको हो । वैदेशिक रोजगारको सिलसिलामा साउदि अरवमा रहेको वेला दुवै मृगौला फेल भई त्यहाको उपचार पश्चात नेपाल फर्केका विकको गत वैशाखमा मृगौला प्रत्यारोपण गरिएको थियो । उनका लागि मृगौला उनकै श्रीमतीले दिएकि थिईन ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नम्वर २० का अध्यक्ष सीम गुरुङले स्वदेश तथा विदेशमा रहेका सहयोगी भावना भएका ब्याक्तिहरुद्धारा संकलित रकमबाट उत्तम बिकको मृगौला प्रत्यारोपण गर्न सफल भएको र आगामी दिनमा पनि उनको थप उपचारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरेकोमा सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै दुखमा परेकाहरुलाई सवै मिलेर सहयोग गर्नुपर्ने वताए । कुनैपनि भइपरि आइपरेकाहरुलाई वडाको तर्फबाट समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि आफ्नो ब्याक्तिगत र संस्थाको तर्फबाट सहयोग रहने उनले वताए ।

त्यस्तै समितिका संयोजक खर्कमान गुरुङले उत्तम बिकको सहयोगका लागि स्वदेश तथा विदेशबाट संकलित रकम मध्ये बांकी रहेको रकम हस्तान्तरण गर्न पाउदा आफुहरुको समितिले चालेको कदम समेत पूर्ण रुपमा सफल भएको वताउदै सम्पूर्ण सहयोगी मनहरु प्रति आभार प्रकट गरे । समितिका सदस्य प्रेम बहादुर गुरुङले उत्तम बिकको सहयोगका लागी आफुले स्वदेश तथा विदेशमा रहेका आफन्तहरुसंग सहकार्य गरी ठूलो रकम संकलन गर्न सफल भएको र संकलित रकमले उत्तमको ज्यान जोगाउन सफल भएको वताए ।

लायन्स क्लव अफ अन्जुलीका अध्यक्ष बीना पाइजाले उत्तम बिकको उपचारमा सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा उत्तमको स्वास्थ्यको सुधारका लागी परिवारले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिइन । उत्तम बिकको उपचार सहयोगका लागि अमेरिका, वेलायत, हङकंग,जापान, अस्ट्रेलिया, पोर्चुगल, साउदी लगायतका देशमा रहेका र पोखरा २० का समाजसेवी पोखरामा क्रियाशिल विभिन्न संघ संस्थाहरुद्धारा रकम संकलन गरिएको समितिका प्रचारप्रसार संयोजक उत्तम गुरुङले वताए । बिहीबार प्रदान गरिएको रकमलाई बैंकमा राखी त्यसबाट आउने ब्याजबाट थप उपचारमा प्रयोग गरिने समेत गुरुङले वताए ।

Advertisment