माओबादीका कारण मन्त्रिमण्डल बिस्तारमा सकस, काजीलाई रोक्न गोरखाका माओबादी प्रचण्ड निवासमा

गोरखा– केही दिन अघि माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भएका सबै सांसदले मन्त्री पद मागेपछि आफु तनावमा रहेकाे सार्वजनिक सभामा बताएका थिए । अरु खासै समस्या नभएपनि पार्टी प्रवक्ता समेत रहेका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठका बारेमा जिल्ला, जिल्ला बाट आएका नेता कार्यकर्ताले मन्त्री बनाउन नहुने दबाब दिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड तनाबमा परेकाे बताईन्छ । यसै कारण पनि प्रधानमन्त्री शेर बहादुर देउवाले पटक पटक नाम माग्दा समेत माओबादी केन्द्रले नाम दिन सकिरहेकाे छैन ।
देउवा सरकारमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने मेसोमा लागेका तर उनलाई रोक्न गृह जिल्ला गोरखाका माओवादीहरु नै कस्सिएर लागिपरेका कारण पार्टी अध्यक्ष लाई सकस परिरहेकाे बताईन्छ ।
नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्नको लागि गोरखाका माओवादीहरु प्रचण्ड निवासमा डेलिगेसन गएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीका उम्मेदवार डा बाबुराम भट्टराइसँग पराजित भएका श्रेष्ठ पछिल्लो समय विवादमा तानिए । कारण उनी राष्ट्रिय सभामा ६ बर्षका लागि निर्वाचित भएका थिए । कतिपयले उनलाई जस्केलाबाट छिरेको समेत आरोप लगाए । श्रेष्ठले शिक्षा मन्त्रालय लिएर सरकारमा जाने कसरत गरेपछि उनलाई रोक्न गोरखाका माओवादी नेताहरु अध्यक्ष प्रचण्डको निवासमा डेलिगेसन गएका हुन् ।

गोरखा क्षेत्र न १ का प्रतिनिधि सभा सांसद हरिराज अधिकारीलाई मन्त्री बनाउन गोरखाका माओवादीहरु दबाब दिन प्रचण्ड निवास गएका हुन् । श्रेष्ठले शिक्षा मन्त्री बन्न खोजेको चर्चा चलेपछि गोरखाका माओवादीहरु आत्तिएर काठमाडौं आएका हुन् । श्रेष्ठ सकेसम्म आफैं हुने र आफू हुन नसक्दा आफ्नो कोटाबाट अन्जना विशंखेलाई शिक्षा मन्त्री बनाउने पक्षमा छन् ।
नारायणकाजी श्रेष्ठले आगामी चुनावमा राष्ट्रियसभाबाट राजिनामा दिएर भएपनि गोरखामै चुनाव लड्ने तयारी समेत गरेका छन् । यहि कारण गोरखाका माओवादीले नारायणकाजीलाई रोक्न चाहेका कुरा श्रेष्ठ निकट एक नेताले बताए ।
श्रेष्ठ पहिलो चरणमै उपप्रधानमन्त्री तथा भौतिक मन्त्री बनेर सरकारमा जान खोजेका थिए । तर अध्यक्ष प्रचण्डले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाएको कुरा सपथग्रहण भन्दा केही बेरअघिमात्रै पार्टीका नेताहरुले थाहा पाएका थिए । श्रेष्ठ प्रधानमन्त्री र मन्त्रीहरुको सपथग्रहणस्थलबाटै बाहिरिएका थिए । मन्त्री चयन गर्दा आफू र पार्टीमा सल्लाह नगरेपछि श्रेष्ठले दुई दिनसम्म प्रचण्डसँग असन्तुष्टी व्यक्त गरेका थिए ।
श्रेष्ठ सरकारमा माओवादीको तर्फबाट आफ्नो नेतृत्वमा जानुपर्ने लबिङमा छन् । तर माओवादीकै कतिपय नेताले प्रतिनिधिसभा सदस्य पराजित भएको व्यक्ति संविधान बमोजिम यो प्रतिनिधिसभाको कार्यकाल रहेसम्म मन्त्री बन्न नपाउने तर्क गरिरहेका छन् ।
पाए मन्त्री नपाए राज्यमन्त्री
उसो त गोरखाका अर्का समानुपातिक सांसद चुणामणी खड्का पनि यतिबेला मन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । आफूलाई प्रचण्डको नजिकको मान्छे ठान्ने उनी यतिबेला नारायणकाजी र हरिराजलाई जुधाएर मन्त्री बन्न चाहन्छन् । डेलिकेसनका लागि प्रचण्ड निवास पुगेका एक नेताले आफ्नो नाम नबताउने शर्तमा भने, गोरखाको माओवादी वास्तवमा नारायणकाजी र हरिराजलाई जुधाएर खड्कालाई मन्त्री बनाउन चाहन्छन्, तर जिल्ला पार्टीले चाहदैमा के मन्त्री बन्ला र !
सांसद खड्का बेला–बेलामा आफ्ना नेता तथा कार्यकर्तासँगको भेटका क्रममा बहकिने गर्थे– ‘अर्को चोटी सांसद बन्न सक्ने हो कि होईन ! ठेगान छैन, यो समयमा जसरी भएपनि मन्त्री बन्नु प¥यो । त्यसमा तपाईहरुले मलाई सहयोग गर्नुप¥यो । त्यसपछि माओवादी पार्टी गोरखाका नेता तथा कार्यकर्ता प्रचण्ड निवासमा बुढिगण्डकी निमार्णको बाँकि काम सञ्चालन गर्न भन्दै सांसदसहितको टोली प्रचण्ड निवास पुग्यो ।
प्रचण्ड निवास पुगेका एक नेताले भने – ‘प्रचण्ड कमरेडलाई यसपाली आयोजनाको बाँकि रहेको काम थाल्न आग्रह गर्दै कुरा मोडियो, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोरखाले मन्त्री समेत पाउन नसकेको र आयोजनाको काम अघि नबढेको कारण, यस पटक देउवा सरकारमा जसरी भएपनि गोरखाका माननीयहरु मध्ये हरीराजलाई मन्त्री बनाईदिनु प¥यो भनि अनुरोध गर्यौ । साथै आयोजनाको बाँकी रहेको काम देउवा सरकारकै पालमा अघि बढाउन र कुन मोडालिटिमा बन्ने हो, त्यसको टुङ्गो लगाउन अनुरोध गरियो ।
मन्त्रीको माग पछि राज्य मन्त्रीको पनि माग भयो, लामो समय जिल्ला पार्टीको सेक्रेटरी भएर काम गरेका सांसद खड्का नारायणकाजी र हरीराजलाई जुधाएर आफू मन्त्री बन्न चाहान्छन् । उनले पहिलै देखि पार्टीका प्रवत्तासमेत रहेका नेता श्रेष्ठ र सांसद अधिकारीलाई लडाँई रहेका छन् । यतिबेला उनको मन्त्री बन्ने योग्यता नपुगेपछि राज्य मन्त्रीमा ध्यान गएको छ ।
उनलाई भेट्न गएका जिल्ला तहका एक नेताले सांसद खड्काको भनाई उद्वत गर्दै भने, ‘मलाई जिल्ला पार्टीका साथीहरूले मात्रै होईन, नेपाली काङ्ंग्रेसका नेताहरुको पनि राम्रो साथ र सहयोग छ । उनीहरुले समेत मलाई भन्ने गरेका छन् अब मन्त्री त तपाईनै बनिदिनुपर्यो । त्यसले हामीलाई पनि सहज हुन्छ ।’ यहि कारणपनि खड्का भए मन्त्री नभए राज्यमन्त्रीमा चित्त बुझाउने तयारी गर्दै नारायणकाजी र हरिराजलाई लडाँई रहेका छन् ।
file -photo
news by – gorkha news

Advertisment