सामुदायिक वन दिवसमा बृक्षारोपण

गण्डकी, २५ साउन (रासस) ः राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं ३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
“सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा अमला, वडहर, कटहर, हर्रो, वर्रो, हलुवावेद, तेजपात, नासपति लगायत बिभिन्न जातका दुई सय वटा विरुवा रोपिएको हो ।
पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले औषधीय गुणयुक्त हर्रोको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै सामुदायिक वनलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
वृक्षारोपण गर्नु आपैmमा महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले विरुवा रोप्नका लागि मात्र नभई संरक्षण र त्यसबाट उपलव्धि प्राप्त गर्नु पर्नेमा जोड दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बाँस्तोलाले समूहको मेहनत, जनप्रतिनिधिको सहयोग र वन कार्यालयको प्रविधि सहित त्रिकोणात्मक सहकार्यबाट मात्र सामुदायिक वनबाट समृद्धि प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनमा हुने विकास निर्माणमा वन समुहको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिंदै राष्ट्रिय गौरवको प्राणी उद्यान केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्न वन समुहबीच समन्वय एवम् सहकार्य हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।
१५ हेक्टर क्षेत्रफलमा फैलिएकाे सो सामुदायिक वनमा कूल ३२० घरपरिवार उपभोक्ता रहेको समुहका अध्यक्ष दुर्गादत्त भुर्तेलले जानकारी दिनुभयो । वन समुहको खासै आम्दानी नभएको र उपभोक्ताले वार्षिक सदस्यता नविकरण गरेको शुल्कबाट मासिक पाँच हजार पारिश्रमिक दिएर एक जना हेरालो समेत राखिएको उहाँको भनाई छ ।
पचभैया समुदायिक बन समूहका अध्यक्ष दिननाथ ढकाल, सव डिभिजन बन कार्यालय लेखनाथका सहायक वन अधिकृत रामबहादुर विश्वकर्मा, समुहका उपाध्यक्ष तारानाथ तिवारी, सचिव सीता सापकोटा, लगायतले वृक्षारोपणको महत्व र संरक्षण, पवद्र्धन एवम् उपयोगका बारेमा चर्चा गर्नुभएको थियो ।
तीनै तहका सरकारको सहयोगमा चापापानी चिसाकुना, पचघैया र चैनपुर सहित तीन वटा सामुदायिक वन क्षेत्रलाई समेटेर प्राणी उद्यान केन्दको रुपमा विकास गर्दै आएको छ ।

Advertisment