देउवा आउनासाथ बिधुत प्राधिकरणमा कुलमानकाे नियुक्ति, आजै पद बहाली

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाकाे ठाडाे निर्देशनमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका कुलमान घिसिङले आज पदभार ग्रहण गर्नुभएकाे छ ।

बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणमा घिसिङले पदबहाली गर्नुभएकाे हाे । बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगि पद बहाली गर्नुभएकाे छ ।

वहांलाई नेपाल विद्युत् प्राधिकरणकाका कर्मचारीहरुले निक्कै भब्य तरिकाले स्वागत गरिएकाे छ । प्रधानमन्त्री शेर बहादु देउवाकाे अध्यक्षतामा सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

घिसिङ झन्डै ११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किनुभएकाे हाे घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएकाे छ । घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो । वहांकाे कार्यकालमा बिधुत प्राधिकरणकाे अरबाैं घाटा लाई नाफामा ल्याई लाेडसेडिङ युगकाे अन्त्य गर्नुभएकाे थियाे ।

Advertisment