त्रिपाठीको निधनमा हेम्जामा शोकसभा सम्पन्न, त्रिपाठीको उर्जालाई सबैले ग्रहण गरौं -शुक्रराज शर्मा

बैशाख २९ ।
पोखरा, नेपाल तरुण दल कास्की क्षेत्र न. ३ का पूर्व अध्यक्ष एबम तरुण बिभाग गण्डकी प्रदेशका सदस्य कृष्ण प्रसाद त्रिपाठीको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको कांग्रेस नेताहरुले बताएको छन । त्रिपाठीको निधनमा नेपाली काँग्रेस पोखरा -२५ कार्यसमितिले शनिबार वहांको निवास हेम्जामा पार्टीका जिल्ला, क्षेत्र, प्रदेश र केन्द्रिय नेताहरुको ठुलो संख्याको उपस्थितमा श्रद्धान्जली सभाको आयोजना गरेको थियो । ।
श्रद्धान्जली सभामा बोल्नुहुंदै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व त्रिपाठीले नेपाली काँग्रेसमा रहेर सदैब क्रियाशीलता देखाएको र उनमा रहेको उर्जा परिवारका सदस्य सहित कांग्रेसका युवाहरुमा आउनसके कांग्रेस अझै बलियो हुने बताउनुभयो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले त्रिपाठीसंगै आफुले सहकार्य गरेको र नेपाली काँग्रेसले एक कुशल र निडर संगठक तथा सामाजिक कार्यकर्ता गुमाउनुपरेकोमा आफु र पार्टी दुखी बनेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एबम गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले पार्टीमा रहंदा त्रिपाठीको क्रियाशीलता सबैको लागि प्रेरणादायक रहेको बताउनुभयो । नेपाली कांग्रेसका नेता रामचन्द्र त्रिपाठीले स्व त्रिपाठी पार्टीको हरेक क्रियाकलापमा सदैब सक्रिय रहँदै आएको भन्दै त्रिपाठीको निधनले परिवारसहित पार्टी र विभिन्न संघ संस्थामा ठुलो क्षति पुगेको बताउनुभयो ।

नेपाली काँग्रेसका महासमिति सदस्य शोभियत बहादुर अधिकारीले पार्टीका कार्यकर्ताहरु बिरामी पर्दा पार्टीले सहयोग नगर्ने प्रवृति कायम रहेको भन्दै त्यस्तै कारणले त्रिपाठीलाई पार्टीले गुमाउनु परेको बताउनुभयो । अधिकारीले श्रद्दान्जली सभाको नाममा कर्मकाण्डी कार्यक्रम गर्नुभन्दा जीवित अबस्थामा नै कार्यकर्ताको दु:ख र मुल्यांकन पार्टीले गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली काँग्रेस पोखरा -२५ का कार्यबाहक सभापति दानबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कास्की -३ का सभापति मनोज गुरुङले कांग्रेस केन्द्रिय सदस्य एवं मुख्यमन्त्री सुरेन्द्र पाण्डे, तरुण दलका केन्द्रिय अध्यक्ष बिद्दान गुरुङ, पार्टीका सहमहामन्त्री भिष्म आड्दाम्बे लगायतले पठाउनुभएको शोक सन्देश पढेर सुनाउनुभएको थियो ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा -२५ का वडाध्यक्ष मोतीराम तिम्सेना र पार्टीको वडा कार्यसमितिका सचिब सन्तमान श्रेष्ठ लगायतले आआफ्नो भनाइ राख्दै स्व त्रिपाठी राजनीतिक मात्र नभएर सामाजिक एबम ब्यबसायिक रुपमा क्रियाशील व्यक्तित्व रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा स्व त्रिपाठीका छोरा सन्देश त्रिपाठीले पनि आफ्नो भनाई राख्नुभएको थियो ।

पोखरा -२५ हेम्जाका त्रिपाठीको यही बैशाख २१ गते आफ्नै निवासमा निधन भएको थियो ।
मुटुको समस्याबाट पिडित त्रिपाठीको मुटुको दुवै भल्भमा समस्या आएपछि उपचारको लागि भारत समेत लागिएको थियो । उताबाट आउनुभएपछि घरमै आराम गरिरहनुभएको, बोलीचाली टाठै हुनुहुन्थ्यो अचानक यस्तो धोका भयो” त्रिपाठीका धर्मपत्नी लक्ष्मी त्रिपाठाले युनाईटेड खबरलाई जाकारी दिनुभयो ।
त्रिपाठीका धर्मपत्नी पोखरा २५ हेम्जा कार्य समितीको सदस्य हुनुहुन्छ ।

दुई छोराहरु पनि नेपाली काँग्रेसका क्रियाशील सदस्य रहनुभएको छ । जेठा छोरा संजय त्रिपाठी र बुहारी केही वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएको छ भने कान्छा छोरा सन्देश त्रिपाठी बैंकमा कार्यरत हुनुहुन्छ ।

Advertisment