कास्कीको लान्द्रुकमा हनि हन्टिङ महोत्सव हुदै

पोखरा २६ बैशाख,

यस वर्ष पनि कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा हनि हन्टिङ महोत्सव हुने भएको छ ।

स्थानीय हनि हन्टिङ महोत्सव समितिले यहि जेठ ८ गते पर्यटकिय गाँउ लान्द्रुकमा हनी हन्टिङ महोत्सव आयोजना गरिने मंगलवार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । हनि हन्टिङ महोत्सवबाट पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण, लेकाली महको बजारीकरण गर्ने उदेश्य राखिएको छ । एक दिने महोत्सवमा कोटेसाङ्ग भिरमा मह काढ्ने, महको प्रर्दशनी, साहसिक भिरौटेहरुको सम्मान, साविक वडा स्तरीय भेट्रान भलिबल प्रतियोगितका साथै सांस्कृतिक कार्यक्रम हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुरेश गुरूङले बताए ।

महोत्सवको अवसरमा हरेक वर्ष मह निकाल्ने ८ जना भिरौटे र दिवंगत भएका ६ जना भिरौटेलाई मरणोपरान्त सम्मान गरिने भएको छ । महोत्सवमा स्थानीय भिरौटे आनन्द पौडेल, खड्गबहादुर गुरूङ, मन बहादुर पुन, घनश्याम चापागाई, नक्कल गुरूङ, मिमबहादुर गुरूङ, अर्जुन गुरूङ, जय पौडेल क्षेत्री लगायतलाई सम्मान गर्ने बताएको छ । त्यसैगरी मरणोपरान्त सम्मानबाट स्वर्गीया जंगवीर क्षेत्री, हवल्दार सेते गुरूङ, प्रताप बहादुर गुरूङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरूङ लाई सम्मान गरिने महोत्सवका प्रचारप्रसार संयोजक एवं सचिव बलबहादुर क्षेत्रीले बताए ।
अन्नपूर्ण गाउँपालिका कास्कीको सहयोगमा हरेक वर्ष लान्द्रुकमा हनि हन्टिङ महोत्सव हुदै आएको छ । भिरमौरीको मह जेठ र मंसिर महिना गरेर वर्षमा दुईपटक निकालिन्छ, तेस्रोपटक महोत्सव नै गरेर भिरका गोलाबाट मह निकाल्न लागिएको हो । आन्तरिक एवं वाह्य पर्यटन पर्वद्वनमा पनि सघाउँ पुग्ने सोचेर महोत्सवमा पालिकाले सहयोग गरेको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष समेत रहेका भरतमान गुरूङले बताए । भिरमौरी महको माग निकै रहेको छ, तीन हजार रुपैयाँ लिटरमा बिक्री गर्ने योजना बनाएको स्थानीय समाजसेवी श्यामप्रसाद गुरूङले बताए ।

Advertisment