लाेकतान्त्रिक खेलकुद संघ पुर्नगठन, नवीन पुनकाे अध्यक्षतामा समिति बिस्तार, खेलकुदमा भएका विकृति बिरुद्व लाग्न शेरचनकाे निर्देशन

पोखरा, भदौ ८ गते । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीकाे पुर्नगठन भएकाे छ ।
जिल्ला समिति घाेषणा सभामा बाेल्दै नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार शेरचनले २०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना भएको संघमा इट्टा थप्ने काम नव गठित जिल्ला समितिले गर्ने अपेक्षा गरेका थिए । अध्यक्ष शेरचनले खेल क्षेत्रको माध्यमबाट नेपाली कांग्रेसको गरिमा उच्च पार्ने काम गर्न पनि नवगठित समिति लाई निर्देशन दिएका थिए । खेल क्षेत्रमा हुने भ्रष्टचार उजागर गर्न लाेकतान्त्रिक खेलकुद संघ सधै लागिपर्ने कुरा प्रष्टयाउँदै शेरचनले भने–“खेल क्षेत्रमा भ्रष्टचार नहुने हो भने खेलाडीका सम्पूर्ण आवश्यकताहरु पुरा गर्न सकिन्छ ।”

पुर्गठित संघकाे कास्की अध्यक्षमा नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुनलाई चयन गरेको छ । त्यस्तै प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्धितिय उपाध्यक्षमा रेखमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटल घलेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हिमाल गुरुङ, लामा अमृत गुरुङ, ईन्द्र गुरुङ, हितमान गुरुङ, विरेन्द्र गहतराज, आनन्द कुवँर, विष्णु गुरुङ, पदम गुरुङ, नरबहादुर गुरुङ, विशान थापामगर, इन्द्र कुँवर, नविन आले, विकास गुरुङ, अमृत कुमार चन्द, किरण परियार, ताईकाजी गुरुङ, लक्षिनकुमार गुरुङ, लक्ष्मण कुँवर, विजय आले मगर, लक्ष्य गुरुङ, विनय गुरुङ, उत्तम श्रेष्ठ, उत्तमान उदास र अमृत गुरुङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष नविन पुनले खेलाडी र खेलकुदको विकासमा लाेकतान्त्रिक खेलकुद संघ लाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले खेलाडीले राज्यका लागि गरेको योगदानको कदर गर्ने समय सुरु भएको बताइन् ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य विष्णुबहादुर क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनिल गुरुङ, प्रदेश अध्यक्ष हरिश्वर पोखरेल लगायतले नव गठित समितिलाई खेलकुदको माध्यमबाट प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरण लाई अगाडि बढाउन सुझाव दिएका थिए । कार्यक्रम लोकतान्त्रिक खेलकुद संघका गण्डकी प्रदेश समितिका अध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रदेश सदस्य शिव बास्तोलाले गरेका थिए ।

Advertisment