घनाबस्ती बाटै हाई टेन्सन लाइन लैजान लागेपछि स्थानीयको विरोध

पोखरा, २० भदौ,

एक निजी कम्पनीले घनावस्ती हुदै हाइ टेन्सन लाइन लैजान लागेपछि प्रभावित क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।

सोम राधाकृष्ण सोलार कम्पनीले कास्कीको रुपागाँउपालीकामा स्थापना गरेको सौर्य उर्जा प्यान्टबाट उत्पादित ४ दशमलव ४ मेघावाटको विद्युत पोखरा ३० मिलनचोक देखि बेगनासताल हुदै हाइटेन्सन लाइन लेखनाथको सवस्टेशनमा लैजान लागेपछि प्रभावित क्षेत्रका स्थानिय आन्दोलित बनेका हुन् । कम्पनीले मिलचोक देखि बेगनासताल वरिपरि पिल्लर गाँडने, तार तान्ने काम गर्न थालेपछि वास्ती बाटै हाइटेन्सन लाइन लैजादाँ मानविय खतरा बढी हुने भन्दै स्थानीयले स्थान्तरण गर्नुपर्ने माग राख्दै विरोध गर्दै आएका छन् ।

उर्जा मन्त्रालयको सर्वे अनुसार सर्वोत्तम रुट रुपाकोट देखि बेगनास हुदै लैजाने भएपनि कम्पनीले भने रुट नै परिवत्र्तन गरि घनाबस्ती हुदै लैजान लागेको स्थानीय सुरजकुमार सुवेदीले बताए । उनले कम्पनीले स्थानीय संग समन्वय नै नगरि धमाधम काम गरिहेको बताउदै स्थान्तरण नभए अदालत जाने बताए । हाई टेन्सन लाइन बास्ती नजिक हुदाँ मानवीय कार्य, खेतिपाति, पशुपालन जस्ता कृषि कार्य गर्दा यसको विकिरणले गर्दा क्यान्सर, ल्युकोमिया, गर्भपतन, जस्ता समस्याहरु देखिने उनले बताए । गण्डकी प्रदेश सरकारको भौतिम पुर्वाधार मन्त्रालयले तोकेको समितिले गरेको निर्णय पनि पुर्ण रुपमा पालना नगरि समितिले दिएको सर्वोत्तम रुट प्रयोग नगरी मानविय क्षति पुग्ने रुट चयन गरेको स्थानीयको भनाई छ । त्यसैगरी समितिले रुट प्रयोग गर्दा नहर हुदै नभएर नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनको रुपमा परिणत हुने अवस्था र कृषिको रुपमा सरकारले मुआब्जा तिरेर अधिकरण गरेको जग्गा अर्कै प्रयोजनको रुपमा परिणत हुने सम्भवना बढ्ने र नहर कुरुप देखिने उल्लेख गरेको छ । प्रभावित क्षेत्रका स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । दुई वर्ष अघि विद्युत् नियमन आयोगले आफ्नै ऐन र आफैंले बनाएको निर्देशिका विपरीत उक्त सोलार कम्पनीलाई विद्युत् खरिद सम्झौता (पीपीए) को सहमति दिएको थियो ।

Advertisment