सिताराम के सी काे पथमा किरण केसी, कालिका क्याम्पसको नेतृत्व सम्हाल्दै

पोखरा २४ । पोखरा महानगरपालिका वडा नं . १४ काजिपोखरी स्थित कालिका बहुमुखि क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसी सम्हालेका छन् ।
सन्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो घरायसी ब्यस्तता जनाउदै अध्यक्षको जिम्मेबारी हस्तान्तरण गर्न चाहे पछि बिहिबार बसेको सन्चालक समितिको बैठकले केसीलाई उपाध्यक्ष सहित कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो ।

युवा उद्यमी केसी पोखराका उद्योग ब्यवसायी स्व. सुर्यबहादूर केसीका माहिला सुपुत्र हुन् । नेपाली कॅाग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद रहेका सुर्यबहादूर केसीको निधन पछि छोरा किरण केसीले आफ्नै बावुको पथ पछ्याउदै राजनीति र समाजसेवा हात हालेका छन् ।
क्याम्पस सन्चालक समितिको बैठकले समितिका सदस्य बोध बहादूर कार्कीलाई सन्चालक समितिको उपाध्यक्षको जिम्मेबारी प्रदान गरेको छ ।
सन्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसको सर्वागिण बिकासको लागि बिभिन्न निर्णय भएको क्याम्पस प्रमुख रबीन्द्र नाथ बास्तोलाले जानकारी दिए ।

Advertisment