फुटसल लिगः क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

पोखरा, २८ भदौ । नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रङ्गशालामा आगामी असोज २ देखि २२ गते सम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धि सबै सेवाहरु उपलब्ध गराईने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए ।

उनले क्यासल टिमलाई व्यवस्थापनका लागि नगद रु ५० हजार समेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकम मात्रै हो, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकरात्मक र रचनात्मक कार्यक्रमहरुमा सहकार्य निरन्तर गर्नेछौ ।’

पोखरा महानगरपालिका १ स्थित शिक्षा कार्यालयको पारिपट्टिरहेको दीप अस्पतालमा २४ सैं घण्टा आकष्मिक सेवा समेत सञ्चालन हुदै आएको छ । गुरुङका अनुसार आकष्मिक सेवासँगै भिडियो एक्सरे, एक्सरे, ईसीजी, ओपिडी र ल्याबको व्यवस्था रहेको छ ।

ईन्स्युरेन्स पार्टनरमा ‘सगरमाथा’

सगरमाथा ईन्स्युरेन्स कम्पनी प्रालिले क्यासलका खेलाडीहरुलाई लिग अवधिभरका लागि जनही १ लाख बराबरको स्वास्थ्य विमाको व्यवस्था गरेको न्यूरोड शाखा प्रमुख राजेश केसीले बताए । उनका अनुसार खेलका अवधिमा कुनै पनि क्यासलका खेलाडी घाईते भएमा उपचारका लागि सगरमाथा विमा कम्पनीले व्होर्नेछ ।

यसअघि क्यासललाई पोखराकै प्रतिष्ठित व्यपारिक घराना अंशुभराले मुख्य प्रायोजनको रुपमा एक वर्षको लागि सम्झौता गरिसकेको छ ।

गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासलसँगै सविन मेमोरियल फुटसल टिमले उक्त लिगमा सहभागिता जनाउदैछ । देशभरबाट कुल १० टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख र उपविजेता टिमले ५ लाख प्राप्त अखिल नेपाल फुटबल संघ (एन्फाले) जनाएको छ । एजेन्सी

Advertisment