मार्शल आर्ट हप्किडो संघ गण्डकीमा नेतृत्व चयन

पोखरा २९ भदौ ।
नेपाल मार्शल आर्टस हप्किडो संघ गण्डकी प्रदेश समितिको प्रथम ऐतिहासिक अधिवेशनले अध्यक्षमा मान बहादुर घर्ती मगर एमबी आस्था मगरलाई सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेम बहादुर गुरुङ , सचिवमा प्रेम बुढा मगर, सह सचिवमा अर्जुन गाहा मगर, र कोषाध्यक्षमा मदन कुमार जिसि सर्वसम्मत चयन भएका छन ।

त्यसैगरि सदस्यहरुमा कृष्ण प्रसाद कोईराला, बिना कुमारि पुन, चन्द्र कुमारि पराजुली , सबि शेरचन, श्याम बहादुर श्रेष्ठ,नरेन्द्र कुमार कार्की , किमि छ्योटेन गुरुङ , गिता राना र रामु दराई रहेका छन । समितिको पहिलो बैठकले चारजना सल्लहकार समेत चयन गरेको छ । समितिको सल्लहकारमा ईन्द्र धारा विष्ट, कृष्ण कुमारि श्रेष्ठ, श्रीमान गुरुङ र डाक्टर कृष्ण प्रसाद पौडेल रहेका छन । यसैगरि संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्ती मगरलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भुमि, व्यवस्था कृषि सहकारि तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले खेलाडी र युवाहरुलाई स्वरोजगार वनाउनका लागि एकीकृत योजना बनाएर अगाडि वढ्ने वताए । त्यसै गरि हाप्किडो खेलले विश्वसामु देशको गौरव वढाउन महत्त्वपूर्ण भुमिका खेल्नसक्ने भन्दै रसियामा हुने विश्व हाप्किडो प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा प्रशिक्षण लिईरहेका नेपालि खेलाडीहरुलाई पदक जितेर आउनका लागि शुभकामना समेमेत दिए । साथै बुढा मगरले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई सहभागी गराउन प्रयत्न गर्ने वताए ।
त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदकासदस्य सचिव तेजवहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको वताउदै हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशत पु¥याउन सके निकै महत्वपुर्ण काम हुनेवताए।
समितिका अध्यक्ष एम बि आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हप्किडो महासंघका अध्यक्ष कालि बहादुर घर्ती मगर, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण वानिया, उपाध्यक्ष तारा माया थापा मगर लगायतले बाेलेका थिए ।
एजेन्सी

Advertisment