तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

असोज १६ । लेखनाथ
पोखरा महानरपालिका वडा नं. २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको शनिबार पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले बिजय न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिबमा केशव सापकोटा, सहसचिबमा रमा भण्डारी र कोषाध्यक्षमा गोपिकृष्ण तिवारी रहेका छन् ।
समितिको सदस्यमा अर्जुन भण्डारी, भुवन जमरकट्टेल, अर्जुन भूर्तेल, सुमित्रा तिवारी, प्रमिला भट्टराई, निरा कोइराला तिवारी, रेखा नेपाल पौडेल रहेका छन् ।
लेखासमितिको संयोजकमा अमृत थापा चयन भएका छन् ।
यसअघि सहकारी संस्थाको साधारण सभाको उद्घाटन गर्दै, पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनले पछिल्लो समय सहकारीहरु सहकारीकै मुल मर्म अनुसार नचलेको आरोप लगाउँदै, सात सिद्धान्तलाई अनुशरण गर्न आग्रह गरे ।
सहकारीका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्यो बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, सामुदायीक सेवा केन्द्र लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने, तालचोक बजार व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज बराल, तालचोक नौबिसे टोल विकास संस्थाका अध्यक्ष शिव गिरी, संस्थापक अध्यक्ष प्रवचन ओझा लगायतले बोलेका थिए ।
अध्यक्ष भण्डारी, कोषाध्यक्ष कोषाध्यक्ष केशव सापकोटा र लेखा समिति संयोजक विश्व कल्याण सुवेदीको प्रतिवेदन साधारण सभाले पारित गरेको थियो ।
समाचार, फाेटाे- नवराज सापकाेटा

Advertisment