आकाश गुरुङ
पोखरा, १६ असोज । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमुहरुको अग्रणी संस्था तमु धिं नेपालको ३७ औं वार्षिक साधारणसभा तथा तमु धिंमा नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको विशेष पहलमा बिनियोजित बजेट र तमु धिं नेपालका सहयोगदाताहरुको सहयोगबाट १ करोड १९ लाखमा निर्मित भवन र तमु धिं नेपाल कर्मद्वारको गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले उद्घाटन गर्नुभएको हो। भवनको प्रमुख अतिथि गुरुङ र कर्मद्वारको प्रमुख अतिथि गुरुङ र विशेष अतिथि तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। उद्घाटनमा तमु समुदायका तीनवटै खेगीहरु पच्यु गुरु कुलप्रसाद गुरुङ, क्ल्हेप्री गुरु लोकबहादुर गुरुङ र लामा गुरु गोपाल गुरुङले मन्त्रोच्चारण गर्नुभएको थियो।
उद्घाटन पश्चात प्रमुख अतिथि निवर्तमान मन्त्री गुरुङले नसोचिएको ढंगले अप्रत्यासित गण्डकी प्रदेस सरकार परिवर्तनले तमु धिं नेपालका लागि गर्न सकिने सहयोग हुन नसकेको बताउनुभयो। आफुले विनियोजन गरेको बजेट हालसम्म पनि निकासा नभएको देख्दा दुःख लागेको बताउनुभयो।कोरोनाको कहरको कठिन अवस्थामा पनि तमु धिं नेपालले छोटो समयमा भवन र प्रवेशद्वार निर्माणले खुशी लागेको बताउनुहुदै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो। सरकार यथावत रहेको भए गत वर्षको निकासामा कुनै समस्या नहुने र यस वर्ष पनि एक करोड जति निकासा गर्ने आफ्नो सोंचले पुर्णता पाउन नसकेको बताउनुभयो। सामुदायिक विकास, सभ्य समाज निर्माण र समृद्ध मुलुकका लागि तमु समुदाय र तमु धिं नेपालले संस्थागत पहल हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विशेष अतिथी तमु धिं नेपालकी संस्थापक एवम निवर्तमान अध्यक्ष कर्म तमु, लण्डन बोरो अफ बार्नेटका निवर्तमान उपमेयर तथा काउन्सिलर लक्ष्यबहादुर गुरुङ, तत्कालिन पोखरा उपमहानगरपालिकाका उपमेयर क्या.मनबहादुर गुरुङ, अन्नपुर्ण गाउपालिकाका अध्यक्ष युवराज कुँवरले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालको कार्यको प्रसंसा गर्नुभएको थियो।
कार्यक्रममा भवन तथा प्रवेशद्वार निर्माणका सहयोगीहरुलाई सम्मान, संरक्षक सदस्यहरुलाई सदस्यता वितरण, भवन निर्माण उपभोक्ता समितिलाई सम्मान र विभिन्न व्यक्तित्वहरुलाई बधाई ज्ञापन समेत गरिएको थियो। भवन निर्माणका लागि गोपाल गुरुङको अध्यक्षतामा उपभोक्ता समितिले सकृयपुर्वक कार्यसम्पादन गरेको थियो।
साधारणसभामा तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरिएको थियो।कोषाध्यक्ष गुरुङका अनुसार भवन तथा प्रवेशद्वार निर्माणका लागि प्रदेश सरकारबाट ४१ लाख ९४ हजार ९६ रुपैया प्राप्त भएको र सहयोगदाताहरुबाट ४६ लाख २३ हजार ३२३ रुपैया सहयोग प्राप्त गरेकोमा २१ लाख २६ हजार १०७ रुपैया रकम नपुग भएकाले सहयोगका लागि आग्रह समेत गर्नुभयो।
उक्त कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका केही सहयोगीहरु र बगालेटोल तमु समाजबाट सहयोग हस्तान्तरण गरिएको थियो भने संस्थापक अध्यक्ष कर्म तमुले आफ्नी आमा कर्णेल तिर्थ कुमारी गुरुङ स्मृति कोषमा ५० हजार रुपैया थप गर्नुभएको थियो। कार्यक्रममा फुलवारी तमु समाजका पुर्व अध्यक्ष, हाल युके रहनु हुने समाजसेवी जंगबहादुर गुरुङले तमुहरुको परम्परागत सँस्कृति संरक्षणका लागि ट्होटें अक्षयकोषका लागि २ लाख रुपैया तमु धिंलाई प्रदान गर्ने उद्घोष गर्नुभएको थियो।
हिमाली साँस्कृतिक परिवारका कलाकारहरु र तमु धिं नेपाल केन्द्रिय आमा समितिबाट नृत्य प्रस्तुत, जिफानका तर्फबाट केस गुरुङ र उषा गुरुङ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेशतर्फबाट इन्द्रा गुरुङले गायन प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन, अप्रत्यासित सरकार परिवर्तनले चाहेको सहयोग गर्न सकिएनः निवर्तमान मन्त्री गुरुङ
१८ आश्विन २०७८, सोमबार
308
Advertisment