बोर्ड सदस्य विद्रोहीद्धारा गण्डकी प्रदेश कार्यालयको निरीक्षण

गण्डकी, १८ असोज (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य माधव विद्रोहीले आज पोखरा नयाँबजारस्थित राससको गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले रासस गण्डकी प्रदेश कार्यालयबाट भइरहेका सेवा प्रवाह, भौतिक अवस्थिति लगायतको जानकारी लिनुभयो ।

समाचारको गुणस्तरीयतालाई ध्यानदिनु पर्नेमा जोड दिंदै उहाँले गण्डकी प्रदेश कार्यालयको भवन जिर्ण रहेका कारण तत्काल अर्को भवन निर्माण गर्नुपर्ने देखिएको र त्यसको प्रकृया समेत अघि बढेको बताउनुभयो ।

समाचार सेवालाई थप प्रभावकारी बनाउनका लािग व्यवस्थापनले चासो दिएको उल्लेख गर्दै उहाँले मनोवल उच्च राखि काम गर्न निर्देशन दिनुभयो ।
सञ्चालक सदस्य विद्रोहीलाई रासस गण्डकी प्रदेश प्रमुख बासुदेव पौडेल, सहायक समाचारदाता हरि प्रसाद बास्तोलाले कार्यालयवाट भई रहेका सेवा प्रवाह भौतिक पूर्वाधार लगायतका वारेमा जानकारी गराउनुभयो ।
उक्त अवसरमा पोखरास्थित जिल्ला समाचारदाताहरुले आफुहरुले राससमा काम गर्दाका विभिन्न अनुभवनका साथै गर्नुपर्ने सुधार लगायतका बिषयमा धारणा राख्नुभएको थियो ।
निरीक्षणका क्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल,पोखरास्थित जिल्ला समाचार दाता लगायतको उपस्थिति रहेको थियो ।

Advertisment