शिव परियारको पिउन सुरु गरेपछि बजारमा ल्याईंदै

असाेज २०, पाेखरा । “पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिब्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउँदैछ ।
मनोरञ्जन उधोगका सिद्दहस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्त गितको छायांङ्कन सम्पन्न भएको छ ।
रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने विश्वास गरिएकाे छ ।

मिडिया हब प्रा.लि.बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित रहेकाे आयाेजककाे दाबी रहेकाे छ।

Advertisment