असाेज २१, लेखनाथ ।पोखरा महागरपालिका वडा नं २७ को रिठेपानीमा रहेको रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ ।
सेयर सदस्यहरुलाई एक हप्तासम्ममा प्रतिवेदन बुझाउने र सेयर सदस्यको सुझाव संकलन गर्ने काम सम्पन्न गरी विहिवार कार्यसमितिका पदाधिकारी,विभिन्न उप समिति र सल्लाहकारहरुको सामुहिक भेलाले प्रतिवेदन उपर छलफल गरी परिमार्जन सहित साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको समापन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङले सहकारीको मुल्य,मान्यता अनुसार अगाडि बढ्न सुझाव दिदै सहकारीले स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरी सेयर सदस्यको आय आर्जनमा बढवा दिने खालका कार्यक्रम ल्याउन र रोजगारीका अवसरहरु सृजना गर्न आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश पन्तले स्वागत गरेका थिए । सभामा सचिव कुशप्रसाद गुरुङका नीति नियमहरु, प्रगति प्रतिवेदन सहित भावी योजना,कोषाध्यक्ष रामप्रसाद अधिकारीकोे आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कप्तान ईन्द्रबहादुर गुरुङको लेखा प्रतिवेदनहरु पारित भएका थिए ।
साधारण सभाका अवसरमा यसवर्ष महत्वपूर्ण योगदान पु¥याएकामा विष्णुप्रसाद गुरुङ ,शोभनलाल जोशी र कुशप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । प्रबन्धक द्रौपदी गुरुङ, सल्लाहकार जगबहादुर गुरुङ, संस्थापक अध्यक्ष यमप्रसाद गुरुङ,कर्मचारीहरुबाट सागर गुरुङ लगायतले आआफ्ना धारणा राखेका थिए ।सहकारीको २६ करोड बराबरको कारोवार रहेको छ ।
रिठेपानी सहकारीको नवौं साधारण सभा
२२ आश्विन २०७८, शुक्रबार
128
Advertisment