गृहमन्त्री खांणले गरे ८ सिडियाे सरुवा

कार्तिक १, काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका सिडिओ को सरुवा गरेको छ। आईतबार गृहमन्त्री बालकृष्ण खांणले मन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको गृहले जानकारी दिएकाे छ ।

गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएको छ। गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा राजु प्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएको समाचार छ ।

गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई मन्त्रालयमा तानेको छ ।

यस्तै गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकाललाई राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा गरिएकाे छ।

Advertisment