गजेन्द्र हमाल नेपालगन्जमा उत्रनासाथ देउवालाई जिन्दाबाद, बिराेध गर्नेलाई मुर्दाबादकाे नारा!

कार्तिक ४, नेपालगन्ज । कांग्रेसका पुराना नेता गजेन्द्र हमाललाई प्रधानमन्त्री एबं कांग्रेस सभापति शेर बहादुर देउवाले सांसद नभएका ब्यक्तिलाई ६ महिना मन्त्री बनाउन पाउने संवैधानिक प्रावधान प्रयाेग गर्दै नियुक्ति गरिएपछि बांके आसपासमा हमाल परिवारले ठुलाे न्याय पाएकाे भन्दै स्थानियले खुशियाली मनाएका थिए । तर नियुक्ति लगत्तै प्रधानन्यायाधिशकाे साईनाे सम्बन्ध जाेडेर कांग्रेस भित्रका र केही कांग्रेस निकटकै वकिलले तर्क बितर्क गर्न थालेपछि नियुक्तिकाे ३ दिनमा नै राजिनामा गरि गृहनगर हानिएका हमालकाे नेपालगन्ज बिमानस्थलमा भब्य स्वागत गरिएकाे छ ।
पुर्व उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्र हमाललाई नेपालगन्जमा भब्य स्वागत गर्दै बिपक्ष दल एमालेका नेता कार्यकर्ताले केही प्रश्न नउठाएकाे तर कांग्रसका केही नेता र निकट वकिलले अनावश्यक बिषय जाेडेर राजिनामा गर्न बाध्य गराईएकाे भन्दै उनीहरु बिरुद्व चर्काे नारा लगाएकाे समाचार छ । तर मन्त्रीमा नियुक्त गराएकाे देउवाकाे पक्षमा भने जिन्दाबादकाे नारा लगाईएकाे थियाे ।
बुधबार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज आइपुगेका उनलाई विमानस्थलमै पुगेर कांग्रेस कार्यकर्ताले स्वागत गरेका हुन् ।
हमाललाई स्वागत गर्न कांग्रेस कार्यकर्ताहरु गाउँ-गाउँबाट ठुलो संख्यामा विमानस्थल परिसरमा पुगेका थिए । पुर्वमन्त्री हमाललाई कार्यकर्ताले र्यालीसहित विमानस्थलदेखी नेपालगन्जको सुर्खेतरोड स्थित पार्टी कार्यालयसम्म ल्याएका हुन् । पार्टी कार्यालयमा उनले कार्यकर्तालाई सम्बोधन गर्दै आफुले राजिनामा दिन बाध्य नभएतापनि प्रधानमन्त्री एबं सभापति देउवालाई सहज हाेस भनेर पद त्याग गरेकाे जानकारी गरेका थिए । नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २२ गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर राणासँगकाे साईनाे जोडेर उनको केही कांग्रेस नेता र कांग्रेसी वकिलले बिरोध गरेपछि स्वाभिमानी गजेन्द्र हमालले ४८ घण्टा नबित्दै मन्त्री पदबाट राजिनामा दिएका थिए ।

Advertisment