काठमाडौं, कात्तिक २६ गते । सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै शुक्रबार बिहानदेखिनै कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिनुभएको हो ।
बिहीबार सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीहरुबीच धकेलाधकेल भएपछि बारले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, कानुन व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।
कानुन व्यवसायीहरुले सर्वोच्चको मुख्य गेट अगाडि प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहनुभएको बेला नियमित छिर्ने गेटभन्दा फरक गेट प्रयोग गरेर जबरा सर्वोच्च प्रवेश गर्नुभएको हो ।
महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नुभएको हो ।
agency