कांग्रेस केन्द्रीय सदस्यमा पर्बतका तिवारीकाे उम्मेदवारी

काठमाडौं । मंसिर २५, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगाधर तिवारीले उम्मेदवारी दर्ता गरेका छन्। सहिद पुत्रसमेत रहेका तिवारीले पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको एजेन्डासहित उम्मेदवारी दिएको बताए। उनले खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। तिवारी केही समयअगाडि सम्पन्न कंग्रेसको स्थानीय तहको निर्वाचन बाट महाधिवेशन प्रतिनिधि सदस्यमा पनि विजय भएका थिए ।
पर्वत कांग्रेसमा क्रियाशील रहँदै आएका उनले पार्टी निर्माणमा ज्यान दिएका सहिदको भूमिका र सपनाको पक्षमा निरन्तर काम गर्ने बताए। कांग्रेस क्षेत्रीय सभापति रहेका उनका पिता हरिदत्त तिवारीले द्वन्द्वमा ज्यान गुमाएका थिए।

Advertisment