वरिष्ठ नेता पौडेलको सभापति देउवालाई शुभकामना

मंसिर ३०, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई एक बक्तब्य मार्फत शुभकामना दिएका छन। पौडेलले शुभकामना वक्तव्य जारी गर्दै देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका हुन । उनले पार्टीमा एकताबद्ध र सुदृढ कांग्रेसमा जोड दिन पनि देउवालाई आग्रह गरेका छन । ‘सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्’, पौडेलले भनेका छन।

Advertisment