जापानमा तेश्रो रनिंग कप २०२१ सम्पन्न, पुर्ब राष्ट्रिय भलिबल खेलाडी गुरुङ सम्मानित

जापान । पाैष १,

जापानको साइतामा केन तोदा स्पोर्टस हलमा भएको जापानव्यापी तेस्रो खुला पुरुष रनिङ कप २०२१ भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले हात पारेको छ ।

गलकोट समाज जापान र गलकोट स्पोर्टस क्लब टोकियोका बिचमा भएको बेस्टाब ३ को आधारमा खेलाईएको फाइनल खेलमा गलकोट समाज जापानले २५-२३ र २५-१६ को सोझो सेटमा गल्कोट स्पोर्टस क्लब टोकियोलाई हराउदै तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा खेल भएपनि गल्कोट समाजका खेलाडीको उत्कृष्ट खेल प्रदर्शनबाट स्पोर्टसलाई १६ मा नै रोकेर सोझो सेट मैं उपाधिलाई आफ़्नो पक्षमा पार्न समाजका खेलाडी सफल भएका थिए। गलकोट समाज जापानले नारिता डिसीलाई पराजित गराउदै दोस्रो चरणमा पुगेको थियो भने स्पोर्ट्स क्लब एनबिएलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो । दोस्रो चरणमा बोहोराफाँट समाजसँग भिडेको स्पोर्ट्स क्लब त्यसलाई पाखा लगाएर फाइनलमा प्रवेश गरेको थियो भने गलकोट समाज जापान दोस्रो चरणमा एनवाई एससीसँग भिडेर फाइनलमा गएको थियो ।
गलकोट समाज जापानले उपाधी चुमेसंगै ३ लाख येन नगद, मेडल , प्रमाण पत्र ट्रफ़ी र रनिङ कप हात पारेका छन भने उप विजेतामा चित्त बुझाउन बाध्य रहेको गल्कोट स्पोर्ट्स क्लबले २ लाख येन नगद, मेडल , प्रमाण पत्र र ट्रफ़ी प्राप्त गरेको छ । त्यसैगरि बोहोराफाट समाज जापान र NYSC ले सान्त्वना पुरस्कार स्वरुप जनहि ५० /५० हजार येन नगद र प्रमाण पत्र पाएका छन ।
प्रतियोगितामा बोहोराफाट समाजका बसन्त कार्कीलाई वेष्ट स्पाइक, NYSC समूहका अभिजित रायमाझीलाई वेष्ट प्लेयर, गलकोट स्पोर्ट्स क्लव टोकियोका मनोज केसीलाई वेष्ट ब्लकर, गलकोट स्पोर्ट्स क्लव टोकियो कै अमर भण्डारीलाई वेष्ट कोच र गलकोट समाज जापान कै मनोज केसीलाई वेष्ट डिफेन्डरबाट पुरस्कृत गरिएको थियो । भने मिराई लाईफ़ अवार्डबाट भविन थापालाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा देशमा वा बिदेशमा रहेर पनि भलिबल खेलको बिकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका पूर्व राष्ट्रिय भलिबल खेलाडी,एक्स बगर युथ क्लबका संस्थापक तथा पश्चिमान्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङलाई प्रमुख अतिथि NRNA (ICC) सदस्य रोबिन शेरचन तथा संघका अध्यक्ष रत्न सिंह बस्नेतले दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी सदस्य रोबिन शेरचन,NBA का अध्यक्ष बिजय थकाली, MONA (ICC) बरिष्ठ उपाध्यक्ष ददिवल खड्का र तमु धीं जापानका अध्यक्ष सौगात गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार,प्रमाण पत्र तथा चेक हस्तारन्तर गरि सम्मान गरेका थिए ।
प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट नौ समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य आकर्षणको रूपमा एनवाईएससी र आयोजक संस्थाका महिला भलिबल खेलाडीद्वारा मैत्रीपूर्ण खेल प्रस्तुत गरिएको थियो । प्रतियोगिता संचालनका लागि २१ वटा विभिन्न संघ संस्थाले संस्थागत रूपमा सहयोग गरेका थिए । प्रतियोगिताको ट्राभलस पार्टनरस सुमेघ टुर एण्ड ट्राभलस र मीडिया पार्टनरमा जनहित न्यूज डटकम रहेको थियो ।
औपचारिक कार्यक्रम संघका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा संघका महासचिब भिक्टर ठाडा मगरको स्वागत भाषण रहेको थियो भने,प्रमुख अतिथि तथा बिशिष्ठ अतिथि ज्युहरुले परदेशमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबल खेलको बिकासमा महत्वपूर्ण भूमिका रही यसरी नेपाली-नेपाली बीच एकताको सुत्रमा एक जुट गराई प्रतियोगिता सफल गरेको आयोजकलाई धन्यवाद दिएका थिए ! त्यसै गरि सम्मानित श्री गुरुङले आफुले भलिबल खेलको बिकासमा गरेको योगदानको आज नेपाल भलिबल संघ जापानबाट सम्मान पाउदा संघलाई धन्यवाद आभार गर्दै आगामी दिनहरुमा आजको यस सम्मानले अझै भलिबलको विकास प्रति पूर्ण सहयोग रहने प्रतिबद्ता दिनु भएको थियो ! नेपाल भलिबल संघ जापानले हरेक वर्ष जापानव्यापी खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिता गर्दै आएको छ ।

Advertisment