चालु वर्षमा प्रेस स्वतन्त्रता हननका घटना कति !

पोैष १३, पोखरा । नेपालमा चालु आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका विभिन्न ३१ घटना भएको प्रेस काउन्सिलले जानकारी दिएकाे छ । काउन्सिलले मंगलबार एक बिज्ञप्ति जारी गर्दै जानकारी दिएकाे हाे । काउन्सिलबाट जारी बिज्ञप्तिमा तपसिल बमाेजिम उल्लेख गरिएकाे छ ।

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार आ.व.२०७८/०७९ को २०७८ साउन १ देखि २०७८ मङ्सिर मसान्तसम्ममा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएको पाइएको हो l
गिरफ्तारीका ५, कब्जा/अवरोधका २, आक्रमणका २, धम्की/दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ भने प्रदेश नं.२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २/२ वटा घटना रहेको छ ।
गत आर्थिक बर्ष ०७७/७८ मा भने ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको प्रवक्ता खनालले जनाउनुभयो । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्नुका साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ । प्रेस स्वतन्त्रता हननका घटनाबारे जानकारी गराउन प्रेस काउन्सिल नेपालले अपिल समेत गरेको छ । भनी बरिष्ठ प्रशासकीय अधिकृत एबं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

Advertisment