डुवेको बच्चा सशस्त्र प्रहरीको कालिका गण द्वारा उद्दार

पोखरा, बैशाख २३ । सशस्त्र प्रहरीले पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुवेको एक बालकको शबको उद्दार गरेको छ ।

यसरी डुबेर उद्दार गरिएका बालक स्याड्जा स्थायी ठेगाना रही हाल पोखरा – ५ मालेपाटन बस्ने सोनम सुवेदी रहेको सशस्त्र प्रहरीले पुष्टी गरेको छ । सुबेदी भर्खरै अमरसिड्ं उच्च मा बि बाट
एसईई दिएर बसेको बिधार्थी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद उद्दार एवं गोताखोर टोलीले हर्पन खोलामा खोज तथा उध्दार गरि शबको बाहिर निकालिएको जनाएको छ ।

आज दिउंसो दुईजना साथी हर्पनखोलामा पौडी खेल्नेक्रममा सो घटना भएको स्थानियले खबर गरेपछि सशस्त्र प्रहरी गुगेर उध्दार गरिएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले युनाईटेड खबर लाई जानकारी दिनुभएको छ ।

उद्दार गरिएको शब गण्डकी हस्पिटलमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Advertisment