अत्याधिक कालो धुवा फाल्ने ११ वटा बस प्रहरी फन्दामा

पोखरा । मानव स्वास्थ्यका लागी घातक मानिएको सवारी साधनबाट निस्कने धुंवाले पोखरा आक्रान्त रहेको बेला कास्की प्रहरीले कारबाही थालनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले  पोखरामा अत्याधिक कालो धुवा फाल्ने तथा जाँचपास फेल भएका सवारी साधनहरु नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडी बढाएको हो । पोखरा नगर भित्र संचालित सार्वजनिक भाडाका सवारी साधनहरुले समयमा सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको, बिच बाटैमा रोकेर यात्रु चढाउने, झार्ने ११ वटा बसलाई कारबाही गरेको छ ।

 सवारी साधनबाट कालो धुवा फाल्ने, सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषणगराउने भन्ने अत्याधिक जनगुनासो लाई ध्यानमा राखी  भए पश्चात मिति २०८१।०१।१९ गतेदेखी अभियानकै रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई सवारी साधनहरुचेकजाँच तथा कारवाही गर्दै आएकोमा आज मिति २०८१।०१।२० गते पोखरा नगर क्षेत्रभित्र चल्ने सवारी साधनहरुचेकजाँच गर्दा सवारी जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा गरी पोखरा नगर भित्र संचालित ११ वटा सार्वजनिक सवारी साधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको

त्यसैगरी मिति २०८१।०१। गते यातायात ब्यबस्था कार्यालय कास्की, पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा खटिएको टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०४ बिपिचोकमा घुम्ति प्रदुषण अनुगमन एवं चेकजाँच गरिएकोमा डिजेलबाट संचालित ३५ वटा सवारी साधनहरुलाई चेकजाँच गर्दा ३० वटा सवारी साधन मापदण्ड बिपरित फेल भएको पाईएकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई थप कानुनी कारबाहीको लागि यातायात ब्यबस्था कार्यालय कास्की पोखरामा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

Advertisment