जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष जिसी​

बागलुङ, ३० पुस ​। जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १३ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाबाट हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्दै जिसी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । ​
​ समितिको उपाध्यक्षमा कालिका महिला विकास वचत तथा ऋण सहकारी संस्थाका पिंगला जिसी, सचिवमा शुभलाभ बचत तथा ऋण सहकारी संस्थाका दुर्वलकाजी राजभण्डारी, कोषाध्यक्षमा साना किसान कृषि सहकारी संस्थाका तंग्रामका लक्ष्मण पुन चयन हुनु भएको छ । ​सञ्चालकहरुमा गुहेली सञ्चार सहकारी संस्थाका खिम बहादुर कार्की, शंखधर बहुमुखी सहकारी संस्थाका युक्तजंग राजभण्डारी, कुडुले दुग्ध उत्पादक सहकारी संस्थाका जगन्नाथ सापकोटा, गौमुखी कृषि विकास सहकारी संस्था गलकोटका शिव कुमारी खत्री, गाजा बचत तथा ऋण सहकारी संस्थाका बृहस्पती कंडेल, नमुना महिला वचत तथा ऋण सहकारी संस्था बरेङका चिनिमाया काला र महिला हित बचत तथा ऋण सहकारी संस्थाका लिलादेवी खड्का रहनु भएको छ । ​
​ लेखा समितिको संयोजकमा निलगिरी बचत तथा ऋण सहकारी संस्थाका मिन बहादुर केसी मिलन), जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था मालिकाका कोपिला खरेल र मिर्मिरे कृषि सहकारी संस्थाका थानेश्वर सुवेदी रहनु भएको छ । ​
​निर्वाचन समितिका संयोजक राम शर्माले संघको साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गर्नु भएको हो । ​​
​साधारणसभाको उद्घाटन संघीय सांसद तथा केन्द्रीय सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष मन कुमारी जिसी केसीले गर्नु भएको थियो । ​
​ सो अवसरमा बोल्दै उहाँले सहकारी अभियानलाई थप प्रभावकारी बनाउनका लागि सहकारी संघ तथा विषयगत सहकारीहरुको समन्वय र प्रारम्भिक सहकारीहरुको सहयोग आवश्यक रहनु पर्नेमा जोड दिनुभयो । ​
​समृद्ध समाज निर्माणका लागि सहकारी महत्वपूर्ण क्षेत्र भएकाले यसलाई थप प्रभावकारी बनाउनका लागि राज्य र सहकारीबीच सहकार्य आवश्यक रहेको भन्दै उहाँले ​
जिल्ला सहकारी संघले जिल्लाका सवै सहकारीलाई समेटेर अगाडी बढनु पर्ने सुझाव केसीले राख्नु भयो । ​
​कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेफ्स्कुनका संचालक चण्डी प्रसाद शर्मा, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुषालले शुभकामना मन्तव्य राख्नु भएको थियो । ​
कार्यक्रममा संस्थाका सचिव तेजेन्द्र थापाले संघको प्रगति प्रतिवेदन, कोषाध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले आर्थिक प्रतिवेदन र लेखा संयोजक रुद्र बहादुर केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ​
​जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोबिन्द राजभण्डारीको स्वागत, सचिव तेजेन्द्र थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघमा आवद्ध सहकारी संघ÷संस्थाहरुको ११ लाख ७१ हजार शेयर रकम, ३७ लाख ३१ हजार १ रुपैया निक्षेप, ३७ लाख कर्जा लगानी सहित संस्थाको कुल वासलात ६० लाख २२ हजार ३ सय ५३ रुपैया ९३ पैसा रहेको छ ।

Advertisment