शैक्षिक सामाग्री सहयोग गरि जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य : सांसद मिना गुरुङ

गण्डकी, १० माघ (रासस) ः जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

गण्डकी प्रदेश उपसभामुखका स्वकिय सचिव प्रकाश शर्माले आप्mनो ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ जना विद्यार्थीलाई ३५ हजार मूल्य बरावरको शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रिय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपि, कलम, माक्स लगायतका सामाग्री वितरण गरिएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

समारोहमा स्वकिय सचिव शर्माले आप्mनो जन्मदिनको अवसरमा विगत १० बर्षदेखि आफुले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिव एवम् विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

अपाङ्गता भएका विद्यार्थी भाइबहिनीहरुले आफुलाई कमजोर महसुस नगरिकन शिक्षामा अव्वल हुनुपर्नेमा जोड दिंदै उहाँले पठनपाठनमा कुनै अप्ठेरो परेको जानकारी गराएमा आफुनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्फत अपाङ्गता भएका २७६ जना बालबालिका बिभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवम् निजामती सेवामा प्रवेश गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजसेवीहरु गोपि तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सवैले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । तस्वीर उपलव्ध छ । हरि बास्तोला

Advertisment