भारतिय राजदुताबास पेन्सनवबितरण कार्यालय पोखरामा,अन्तर बटालियन भलिबल प्रतियोगिता सुरु

पोखरा । फागुन २२, भारतिय राजदुताबास पेन्सनवबितरण कार्यालय रामबजार पोखरामा अन्तर बटालियन भलिबल प्रतियोगिता सुरु भएको छ ।
आईतबार एक समारोहका बिच पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो ।
प्रतियोगितामा भारतिय पुर्ब गोर्खा सैनिकका बिभिन्न बटालियनका गरि १८ टिमको सहभागिता रहेको पेन्सन बितरण कार्यालय पोखराले जनाएको छ ।
जम्मा ३६ वटा म्याच हुने प्रतियोगितामा भलिबल खेलमा बिजेतालाई २५ हजार नगद र उपबिजेतालाई १५ हजार रुपैयां प्रदान गरिने भएको छ ।
प्रतियोगिता भारतिय पेन्सन बितरण कार्यालयको खेल मैदानमा भईरहेको छ । राज बहादुर गुरुड बाट

Advertisment