३ दिने एडभान्स फोटोसप तथा लाईटरुम तालिम यसरी सम्पन्न

२२,फागुन पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तिन दिने फोटोग्राफी तथा लाईटरुम तालिम सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सो कार्यक्रम्मा ३८ जना सहभागि भएका थिए । कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बांकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भएको थियो । फोटोग्राफर संघ गण्डकी सहयोगी संस्थाको रुपमा रहेको थियो ।
पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका ब्यावसायी हरुको उल्लेख्य उपस्थिति रहेको संयोजक देवानन्द पोखरेलले जानकारी दिएका थिए । पेशागत सिप बृद्धीलाई नया आधुनिक प्रबिधी संग संगै लैजान यस्ता तालिमहरुको आवस्यकता रहेको र प्रबिधी मार्फत आफ्नो पेशालाई समायानुकुल परिमार्जन गर्न सकिने निवर्तमा अध्यक्ष रबिनाथ दाहाल ले वताएका छन ।
कार्यक्रम्मा बोल्दै प्रशिक्षार्थि वसन्त शेर्पाले तालिम बाट धेरै टेक्निकल कुराहरु सिक्न पाउदा खुशी ल्याएको बताए ।
प्रमुख अतिथि फोटो ग्राफर संघ गण्डकिका अध्यक्ष दुर्गा प्रसाद पौडेलले फोटो व्यवसायिहरुलाइ एकजुट गराउदै प्रविधिमा अघि बढाउनका लागी संघले गरेका यस्ता तालिम बाट फोटो ग्राफर व्यसायिहरुको कार्यक्षमता वृद्धी हुनुका साथै छिटो छरितो कार्य सम्पादनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

महिला समिति संयोजक शान्ती सुबेदीले शिप बिकासमा महिलाहरुको पनि उल्लेख्य सहभागिता गराएकोमा धन्यवाद ब्यक्त गरेकी थिईन ।
यसैगरी प्रशिक्षक सुशन अधिकारीले सिकाई लाई ब्यवहारमा उतानर्नुपर्ने कुरामा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम मा स्वागत संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेल ले गरेका थिए भने कार्यक्रम संचालन पोखरा फोटोग्राफर संघका सचिव बिसुराज बरालले गरेयका थिए ।

Advertisment