श्रीताल बाराही मन्दिरको ‘इतिबृती’ पुस्तक लोकार्पण, गुम्बा र धार्मिक संस्कृतिहरुको बिकास र सम्बर्द्धन गर्न सांसद पहारीको माग

गणेश पहारी ।
पोखरा, फागुन ३० । पोखरा महानगर पालिका वडा न ६ मा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पुस्तक “श्रीतालबाराही मन्दिर इतिबृती” लोकार्पण आइतबार गरिएको छ ।

ताल बाराही भगबती मन्दिर र पोखराका अन्य शक्तिपिठहरुको बारेमा जानकारी मु्लक पुस्तक ‘इतिबृती’को गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले लोकार्पण गरेका हुन ।

सासंद पहारीले सो पुस्तकको लोकार्पण गर्दै मन्दिर देवस्थल रास्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनिहरुको रेखदेख र मर्मत सभ्भारमा रास्ट्रले उचित ब्यवस्थ्था गर्नु पर्ने बताए । पहारीले तालको बिचमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै देख्न पाइन्छ भन्दै पोखराको गहना रुपमा रहेको भगवतीको मन्दिरलाई संरक्षणमा हामी सवै लाग्नु पर्नेमा जोड दिए । सासंद पहारीले मठ मन्दिर ,गुम्बा र धार्मिक पर्यटकीय संस्कृतिहरुको बिकास र सम्बर्द्धन गर्न छिटोभन्दा छिटो गण्डकी प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिदै प्रदेशमा सास्कृर्तिक बिकास र जगेर्नाको काम अझ ब्यबस्थित गर्ने आग्रह गरे । उनले पर्यटहरुको बसाइ लम्बाउनका लागि यस्ता पर्यटकी धार्मिक स्थलहरु निर्माणमा ध्यान दिन र संरक्षणमा सत्रियतापूर्वक लाग्न युवा पुस्ताको महत्वपूर्ण भुमिका रहने बताए ।

संस्थाका कोषाअध्यक्ष तथा लेखक प्रेमराज पहारीले मन्दिरको बारेमा जान्न र बुझ्न चाहने जिज्ञासुहरुलाई दिन सक्ने एकिकृत जानकारी मूलक दस्तावेजको आवश्यकता महशुस गरि ताल बाराही मन्दिरको ‘इतिबृती’ नामक पुस्तक प्रकाशनमा ल्याएको सुनाए । पुस्तकले हाल सम्म प्रकाशनमा नआएका कुराहरुलाई प्रकाशनमा ल्याउनु र जिज्ञासुहरुको जिज्ञासा मेटाउनेमा आफु विश्वस्त रहेको बताए ।
श्रीताल बाराही मन्दिर गुढी ब्यवस्थापन समितिले प्रकाशनमा ल्याएको पुस्तकको प्रधान सम्पादकमा प्रेमराज पहारी र सम्पादकहरुमा प्रशुराम पहारी र धुव्रराज बराल रहेका छन ।
कार्यवाहक अध्यक्ष प्रशुराम शर्मा पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा दितिय उपाध्यक्ष जुना अधिकारी सचिब धुव्रराज बराल,पूर्व सल्लाहकारहरु चुडामणी पहारी, होमबहादुर लामिछाने, तोप बहादुर अधिकारी बैदाम सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई वडा सदस्य पुष्पा घले पहारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै हिन्दू धर्म एवं संस्कृतिको संरक्षण तथा संम्वद्धनमा लाग्न जोड दिए ।

Advertisment