भारतिय राजदुताबास पेन्सन बितरण कार्यालय पोखराद्दारा आयोजना गरिएको अन्तर बटालियन भूतपूर्व भलिबल च्याम्पियनसिप–२०२२ सम्पन्न, १८ वटालियनको सहभागी

पोखरा । चैत २, भारतिय राजदुताबास पेन्सन बितरण कार्यालय पोखराद्दारा आयोजना गरिएको अन्तर बटालियन भूतपूर्व भलिबल च्याम्पियनसिप–२०२२ को उपाधि फस्ट फिप्थ गोर्खा राइफल्स (जिआर)

ले हासिल गरेको छ ।

भारतको ७५ औं आजादिको अमृत महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा बुधबार भएको फाइनल खेलमा २÷४ गोर्खा (राइफल्स) जिआरलाई २५–९,२८–२६ र २५–२१ को सेटमा हराउँदै फस्ट फिप्थ जिआरले उपाधि हासिल गरेको हो ।

उपाधिसँगै उसले नगद २५ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र समेत प्राप्त गरेको छ भने उपविजेता २÷४ जिआरले नगद १५ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता टिमलाई भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यसैगरि उपबिजेतालाई एसबिआई बैंक लिमिटेड गण्डकी प्रदेश इन्चार्ज शुशिलचन्द्र महत, एभरेष्ट बैंकका प्रतिनिधी चन्द्र बहादुर गुरुड लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा १८ गोर्खा राइफल (जिआर) टिमको सहभागिता रहेको पेन्सन वितरण कार्यालयले जानकारी दिएको छ । राज बहादुर गुरुड बाट

Advertisment