कालिका पव्लिक कलेजमा नयां नेतृत्व, शिक्षालाई व्यवहारिक र जिवन उपयोगी बनाउन आबश्यक : प्रदेश प्रमुख गुरुङ

कालिका पब्लिकको अध्यक्षमा आचार्य
चैत्र ०५, पोखरा ।
पोखराको रामवजारमा अवस्थित कालिका पव्लिक कलेजले आफ्नो पहिलो सिनेट साधारण सभा सम्पन्न गरेको छ । ६४ सालमा स्थापित कलेजको पहिलो सिनेट अध्यक्षको रुपमा गिता आचार्य निर्विरोध चयन हुनुभएको छ । एक सय १ सय ६६ जना सिनेट सभासद रहेको कलेजको साधारण सभाले सदस्यहरुमा पुर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, राम बहादुर थापा र कुमार थिङ निर्विरोध निर्वाचित गरेको छ ।
सभालाई सम्वोधन गर्नुहुंदै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शिक्षा सवैको पहुंचमा पु¥याउन पव्लिक कलेजहरुको ठुलो महत्व रहने धारणा व्यक्त गर्नुभयो । प्रदेश प्रमुख गुरुङले शिक्षालाई व्यवहारिक र जिवन उपयोगी वनाउन आवस्यक रहेको धारणा पनि राख्नुभयो ।
कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले शिक्षा क्षेत्रमा हुने कुनै पनि राजनीतिको विरोध गर्नुभयो । उहाँले शिक्षाका विषयमा आम मानिसको धारणामा सकारात्मक परिवर्तन आवस्यक रहेको समेत जानकारी दिनुभयो ।
यस्तै सामाजिक विकास तथा शिक्षा मन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सँधै सकारात्मक रहेको भन्दै जनअपेक्षा पुरा हुने गरी काम गर्न अनुरोध गर्नुभयो । उहांले शिक्षा समाज परिवर्तनको मुल आधार भएको शैक्षिक क्षेत्रमा हुने राजनीति वन्द गर्नुपर्नेमा पनि उहाको जोड थियो । साथै केन्द्र सरकारले संघीयताको मर्म अनुरुप काम गनरेको पनि उहाको भनाई थियो ।

Advertisment