काँग्रेस गण्डकी प्रचारप्रसार विभाग प्रमुखमा पौडेल

पोखरा, चैत ६ गते ।नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ ।
पर्वत कुशमा नगरपालीका ९ कटुवाचौपारीका पौडेल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं रेडियो वाराहीका कार्यकारी निर्देशक छन् । हाल सरकारी सञ्चारमाध्यम देखि अन्य संघ संस्थामा कार्यरत छन ।उनले कानुनमा स्नातकदेखि पत्रकारिता, राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनी बोर्डकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का पूर्व उपाध्यक्ष रहेका पौडेल अनुसन्धानमूलक लेखारचना समेत प्रकाशत गर्दै आएका छन् । पत्रकारिताको प्रशिक्षण दिनुका साथै विकास र ग्रामीण पत्रकारिता एवं राजनीतिक बिटमा बढी कलम चलाउन रुचाउँछन् ।
नीतिको मूल्य पनि राजनीति भएकोले अबको रोजाइ पार्टी राजनीतितर्फ भएको उनको भनाइ छ । पार्टीले जिम्मेवारी दिएपछि उनले भने —पाटी बिधान अनुरुप सञ्चार बिभागलाई अगाडी बढाउने छु । बिभागीय प्रमुख पौडेलले जनताको पक्षमा कलम चलाउने पत्रकार र मिडिया संचालकलाई एकबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, नेपाली काँग्रेस गण्डकीले अन्य विभाग पनि छिट्टै गठन गर्न लागेको प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।

Advertisment