आदिवासी जनजाति पत्रकार महासंघको नेतृत्व राईलाई, अन्य पदमा मतदान र निर्विरोध

चितवन, चैत ८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनबाट गजुरधन राई अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । वहांसंगै प्रतिस्पर्धामा उत्रने तयारीमा रहनुभएका मनोज घर्तीमगरले उम्मेदवारी दर्ता नभएपछि राई सर्वसम्मत हुनुभएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महासचिवमा मिलन लिम्बू निर्विरोध निर्वाचित हुनुभएको छ । ।

मुख्य तीन पदमा निर्विरोध भए पनि केही पदाधिकारी र सदस्यहरुमा निर्वाचनद्दारा छानिएको छ । चार उपाध्यक्ष मध्ये खुल्लातर्फ अमरध्वज लामा, उपाध्यक्ष अल्पसंख्यकतर्फ कमन देवान, संस्थागत उपाध्यक्षमा जगत दोङ,महिला उपाध्यक्षमा सरु राना निर्विरोध चयन हुनुभएको छ ।
सचिव (खुल्ला) र सचिव (महिला)पदका लागि पनि निर्वाचन भएको छ । खुल्ला सचिवमा समीर बलामी,विश्वराज तामाङ र बुध्दवीर वाहिङ राई विजयी भएका छन् भने सचिव (महिला)तर्फ अन्जना सिल्पकार विजयी भएका छन् ।

संथागत सचिवमा छेटु शेर्पा, अल्पसंख्यक सचिवमा एमन राईडोने सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा चित्रबहादुर गुरुङ (लाला) र सहकोषाध्यक्षमा सन्चु ब्लोन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा सँस्थागततर्फ ७, विदेश शाखा खुल्लातर्फ १, खुल्लातर्फ ८, महिलातर्फ ६, अल्पसंख्यक महिलातर्फ १, अल्पसंख्यक पुरुषतर्फ २ जना निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू विजयी हुनुभएको छ भने भकेन्द्र लावती र महिला सदस्यमा उर्मिला गम्बा निर्विरोध हुनुभएको छ । दुईदिन सम्म चलेको महाधिवेशनको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले चितवनको थारु संग्राहलयको सांस्कृतिक सभाहलमा उद्दघाटन गर्नभएको तियो ।

Advertisment