अमरसिंहमा लायन्स लेकसिटीको आँखा परीक्षण कार्यक्रम, फोटो फिचर सहित

पोखरा, ११ चैत । लायन्स क्लब अफ पोखरा लेकसिटीले यहाँको अमरसिंह उच्च माविको दृष्टिविहीन शाखामा अध्ययनरत विद्यार्थीहरुको आँखाको दृष्टि कम भएका बालबालिकाहरुको परीक्षण गराएको छ ।
क्लबले त्यहाँ अध्ययनरत तथा आँखा कमजोर भएका ३९ जना बालबालिकाहरुको आँखा परीक्षण गराएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिए ।
अमरसिंहको दृष्टिविहीन शाखामा दृष्टि गुमाएका तथा कमजोर दृष्टि भएकाहरु पढ्दै आएका छन् । उनीहरुको बेलाबेलामा परीक्षण गराउनुपर्छ । दृष्टि कम भएकाहरुलाई औषधिहरुको आवश्यकता पनि पर्छ । उनीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नेत्ररोग विशेषज्ञ डाक्टर बबिता गुरुङ र नविन बरालको सहयोगमा परीक्षण गरिएको कार्यक्रम संयोजक सुदीप प्रधानाङ्गले जानकारी दिए ।
कार्यक्रममा आव

श्यक औषधि पनि वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि लायन्स ३२५ बि १ नेपालका सिनियर एडभाइजर शिव द्धा रहेका थिए । लायन्स क्लब अफ पोखरा लेकसिटीले पछिल्लो समय शिक्षासँग जोडिएका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Advertisment