लान्द्रुकमा कांग्रेसको सभा, समृद्दिका लागी कांग्रेसलाई मत दिन आग्रह

पोखरा, २७ चैत । नेपाली कांग्रेस अन्नपुर्ण वडा नं ७ आगामी बैशाख ३० चुनाबी अभियानलाई तिब्रता दिएको छ । घर घर जाऔं कांग्रेस जिताऔं अभियान जारी राखेकै बेला शनिबार लान्द्रुक गाऊंमा पार्टी प्रबेश, अन्त्रकृया तथा नयां बर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न गरिएको युवा नेता कमल गुरुंडले जानकारी दिएका छन् ।
कार्यक्रमको उद्दघाटन गर्दै नेपाली कांग्रेस कास्कीका पार्टी उपसभापति एबं अन्नपुर्ण गाउंपालिका प्रमुख युवराज कुंवरले बिकास, समृद्दि र लोकतन्त्रको रक्षार्थ कांग्रेसलाई बिजयी गराउन आग्रह गरेका थिए । कुंवरले भने जहां कांग्रेसले जितेको छ त्यहां बिकास र समृद्दिको बाटो लागेको बताउंदै तर कम्युनिष्टले जितेका ठाऊंमा भने बिकासको मोडल नै ल्याउन नसकेको अनुभव पेश गरेका थिए ।
उपसभापती कुंवरले बर्तमान देशको अर्थतन्त्रमा देखिएको डामाडोलमा साढे तिनबर्षे ओली सरकार मुख्य दोषी रहेको उल्लेख गर्दै उत्पादनमा भन्दा बिदेशी सामान भित्रयाउने र भ्रष्ट्रचारमा लिप्त रहेका कारण पनि समस्या आएको जानकारी गराएका थिए ।
त्यसैगरि महासमिती सदस्य दिपक गुरुडले अन्नपुर्ण क्षेत्र बिविध भाषा संस्कृतिले भरिपुर्ण रहेको उल्लेख गर्दै यसको संरक्षण सम्बर्द्दनमा नेपाली कांग्रेसले संधै सम्मान र पहल गर्दै आएको बताए ।
क्षेत्रिय सभापती मनोज गुरुड्ले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बिजय प्राप्त गर्नका लागी तरुण युवा र पार्टी पंक्ति अहोरात्र खटिन निर्देशन दिंदै सबै तहमा मुख नहेरी रुखमा मतदान गर्न आह्वान गरेका थिए । यो निर्वाचन जिताउन कुन तहको कार्यकर्ताले कस्तो भुमिका खेल्छ भन्ने मुल्यांड्कन हुने समेत स्पष्ट पारेका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचार प्रसार बिभागका सदस्य सचिब राज बहादुर गुरुड्ंले हरेक निर्वाचनमा ठुला ठुला एजेण्डा लिएर दलहरु आउने भएतापनि निर्बाचन पछि जनतामा गरिएका भुल्ने प्रबृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले जनताको जिवनस्तर कसरी माथि उठाउने भन्नेमा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
अन्नपुर्ण गाउंपालिकाका सभापती मनपति भण्डारीले समाजको बिकासका लागी कांग्रेसलाई जिताउनुपर्ने बताए ।
घर घर जाऊं कांग्रेस जिताऔं अभियानका जिल्ला प्रतिनिधी दिपक पौडेलले कम्युनिष्टहरुले संधै झुटको खेती गरिरहेको र पछिल्लो उदाहरण एमसिसी प्रकरण भएको प्रस्टयाएका थिए । अन्नपुर्ण गाऊं पालिका ७ नम्बर वडा ईकाई सभापति चित्र बहादुर गुरुडं् लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लान्द्रुक गाऊंका ३२ जना युवाहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । कार्यक्रममा पुर्ब गाबिस उपाध्यक्ष प्रेम बहादुर गुरुड्ं, क्षेत्रिय प्रतिनिधी श्याम लामिछाने, किम्चेबराह क्लबका पुर्ब अध्यक्ष राजु गुरुड्ं, गिरधारी पौडेल, बल बहादुर क्षेत्री, गोपाल प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य र स्वागत युवा नेता कमल गुरुडंले गरेका थिए भने सन्चालन ईकाई सचिब हरिशचन्द्र पौडेलले गरेका थिए ।

Advertisment