स्याङजा राम्चेली गडाभाई तमु समाजको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन

पोखरा, १ बैशाख,

स्याङजा राम्चेली गडाभाइ तमु समाज पोखराले नयाँ वर्षको दिन शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ ।

स्याङजाको वालिङ नगरपालीका वडानम्बर ३ राम्चे गाँउबाट पोखरा आइ बसोबास गर्नेहरुको साझा संस्था श्री स्याङ्जा राम्चेली गडाभाइ तमु समाज पोखराले स्याङजाको भालुपहाडमा उक्त कार्यक्रम आयोजना गरेको हो । समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका अध्यक्ष ओम गुरुङले नयाँ वर्षको शुभकामना दिदै समाज प्रति सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजका सस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार समेत रहनुभएका गुरुङले कुनै स्वार्थ भाव नराखी समाजलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

त्यसैगरी री च्यहमी को तर्फबाट कमला गुरुङले नयाँ वर्षको शुभकामना दिदै समाजको प्रगतिको कामना गर्नुभएको थियो । समाजका सह-सचिव रुपसीं गुरुङले संचालन गर्नुभएको कार्यक्रममा राम्चेली री च्हमी पोखराका तिल कुमारी गुरुङ, समाजका द्धितिय उपाध्यक्ष दुरमाया गुरुङ, सल्लाहकार मोहन गुरुङ लगायत समाजका सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा समाजले प्रकाशित गरेको भित्तेपात्रो समेत विमोचन गरिएको छ । गृहजिल्लाको पर्यटकिय स्थल भालुपहाड पुगेर कार्यक्रम आयोजना गर्दा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समाजले गरेको छ ।

Advertisment