आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने

काठमाडौं, जेठ १५ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आइतबार आर्थिक वर्ष २०७९ र ८० को बजेट प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने बताएका छन ।

मन्त्री शर्माले यस वर्षको बजेट कोभिड–१९ महामारी नियन्त्रण, जनस्वास्थ्यको रक्षा र आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा लक्षित रहने बताए ।

बजेटको उद्देश्य उत्पादनमा आधारित हुनेछ, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने, भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र भूमि उपलब्ध गराउने र वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने रहेका छन् ।

Advertisment