कांग्रेस गण्डकीको प्रचार बिभाग सह-संयोजकमा बराल

पोखरा । असार १८, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रचार प्रसार बिभागमा थप जिम्मेवारी तोक्नुभएको छ ।
प्राप्त समाचार अनुसार प्रदेश अधिवेशन प्रतिनिधी एबं प्रदेशका आमन्त्रित सदस्य शिरोमणी बराललाई प्रचार बिभागको सह-संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको छ ।
यस अघि बिभिन्न सन्चार माध्यममा कार्यरत रहनुभएका बराल नेपाल प्रेस युनियन कास्कीको पुर्ब अध्यक्ष रहनुहुंदा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना, शान्ति पत्रकारिता पुरस्कार स्थापना गर्न महत्वपुर्ण योगदान दिनुभएको प्रेस युनियन भित्र चर्चा हुने गरिन्छ ।
यस अघि नेपाली कांग्रेस कास्की जिल्ला समितीको सदस्य रहिसक्नुभएका प्रचार बिभागको सह-संयोजकको जिम्मेवारी पाउनुभएका शिरोमणी बराल आर्वा पोखरा १३ पाटनबेशी निवासी हुनुहुन्छ ।

यस अघि गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको बिधान बमोजिम पर्बतका प्रदेश सदस्य रमेश पौडेल संयोजक र सदस्य-सचिबमा कास्की अन्नपुर्ण गाऊंपालिकाका राज बहादुर  गुरूङलाई नियुक्ति गर्नुभएको थियो ।

Advertisment