कर्मकर्ण पत्रकारिता पुरस्कार रुद्र श्रीसलाई

पोखरा, २३ असार

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ पत्रकार रुद्र श्रीस मगरलाई प्रदान गर्ने भएको छ।

पुरस्कार छनोट समितिको छनोटका आधारमा जिल्ला समितिले श्रीसलाई यस पटकको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अग्रज पत्रकार हुम बहादुर गुरुङ संयोजक रहेको पुरस्कार छनोट समितिमा दीपेन्द्र श्रेष्ठ, एम.बि आस्था मगर र जुना कुमारी गुरुङ सदस्य रहेका थिए भने अध्यक्ष दिल प्रसाद गुरुङ पदेन सदस्य थिए । पुरस्कार असार २९ गते गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख अतिथ्यतामा पोखरा नयाँबजार स्थित तमु धीं नेपालको सभाहलमा वितरण गरिने जनाएको छ ।  सोही कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ अध्यक्ष, फोनिज कास्कीका निवर्तमान कोषअध्यक्ष रमेश गुरुङ र मादि गाउँपालिका वडा नं १  अध्यक्ष देवीजङ्ग गुरुङलाई सम्मान गरिने फोनिज कास्कीका सचिव सुशिल श्रेष्ठले जानकारी दिए । कार्यक्रमका लागि विभिन्न समिति समेत गठन गरिएको छ । समितिको अतिथि सत्कारमा बिना कुमारी थापा, मन प्रसाद गुरुङलाई मन्च व्यवस्थापन, सुशील श्रेष्ठलाई प्रचारप्रसार र दिल प्रसाद गुरुङलाई अर्थ समितिको संयोजकको जिम्मेवारी दिईएको छ।

Advertisment