गठबन्धन कायमै – कांग्रेस उपसभापति खड्का

पोखरा । असार २४, नेपाली कांग्रेसका उपसभापति एबं पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले बर्तमान गठबन्धनलाई कायमै राखेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितीको बैठकलाई सम्बोधन गर्नुहुंदै उपसभापति खड्काले बर्तमान सरकार बन्नुभन्दा अघि संबिधान,नियम कानुन सबै मिचिंदै गएपछि तत्कालिन बाध्यत्मक परिस्थितीले गर्दा बर्तमान गठबन्धन बन्नपुगेको स्पष्ट गर्नुभयो ।
वहांले गठबन्धनको मर्म र भावनालाई बुझिदिन नेता, कार्यकर्तालाई आग्रह गर्नुहुंदै राष्ट्रियता, प्रजातन्त्र र संबिधान बचाउनका लागी पनि आगामी निर्वाचन सम्मै गठबन्धन गरेर जाने समेत उल्लेख गर्नुभएको थियो ।
गत स्थानिय निर्वाचनमा पार्टीका साथीहरुको कमीकमजोरीले गर्दा एकसय भन्दा बढी स्थानका पालिकामा पार्टीले हार ब्योहोर्नुपरेको बताउनुहुंदै उपसभापति खड्काले आगामी संसदिय निर्वाचनमा सबै कमजोर पक्षलाई समिक्षा गर्दै नेपाली कांग्रेस पार्टीलाई जिताउन केन्द्रित हुन निर्देशन दिनुभयो ।
कांग्रेसमा निर्वाचनमा लड्नलाई टिकट बितरण गर्दा गुटका आधारमा नभई त्याग र योगदानलाई आधार बनाएर मुल्यांकन हुनुपर्ने जिकिर गर्नुहुंदै त्यसका लागी आआफ्नो ठाऊंबाट कुरा उठाउनुपर्ने उपसभापति खड्काको आग्रह थियो ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सभापतिको आसनबाट बोल्नुहुंदै गत स्थानिय निर्वाचनमा भएका कमजोरीलाई समिक्षा गरेर अगाडी बढ्नुपर्ने प्रष्टयाउनुभयो ।

बैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्दय बिष्णु लामिछाने र किरणबाबु श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने रणनितिका बारेमा धारणा दिनुभएको थियो ।
बैठकमा जिल्ला समन्वय समिती स्याड्ंजाका संयोजक श्रीप्रसाद जिटी र जिल्ला समन्वय तनंहुका संयोजक कमलमोहन वाग्ले वाग्लेलाई सम्मान गरिएको थियो । त्यसैगरि प्रदेश सदस्य संज्ञा पौडेल पोखरेलको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको बैठकले प्रदेशभरका ११ जिल्ला समन्वय समितीको टिकट बितरणलाई अनुमोदन गरिएको छ ।

बैठकमा निर्वाचन समिक्षा, बिपि स्मृति पुस्ताकालय स्थापना र सुचना सन्चार तथा प्रचार बिभागको कक्ष स्थापना गरि प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिनुभएको छ ।

Advertisment