इन्जिनियर्स एसोसिएसन गण्डकीले मनायो इन्जिनियर डे

असार-३१, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश द्वारा इन्जिनियर डे का अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिताको उदघाटन भएको छ।

सामाजिक उत्तरदायित्व अन्तरगत हिजो पहिलो दिन बिधालयमा शैक्षिक तथा स्वास्थ सामाग्री बिहरण गरेको ने.इ.ए गण्डकी प्रदेशले आज इन्जिनियर समुदाय बिचको भाइचारा लाइ प्रगाढ बनाउने हेतुले आज पोखरा रंगशालामा फुटसल प्रतियोगिता को उदघाटन भएको छ। ने.इ.ए गण्डकी प्रदेश सभापति ई.बृजेन्द्र के.सिले कार्यक्रमको उदघाटन गर्दै यस कार्यक्रमले इन्जिनियरिङ समुदाय बिचको भाइचारा लाइ अझ प्रगाढ बनाउने बताउनु भयो ।
रास्ट्र निर्माणको मेरुदण्ड इन्जिनियरिङ समुदाय बिच आपसी सदभाब, सहयोग तथा समन्वय हुनुपर्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि संघीय सडक कार्यालयका सह-सचिब ललित जङ खनालले यस्ता किसिमका कार्यक्रमले इन्जिनियर हरुको डाइनामिजलाइ प्रस्तुत गर्न सहयोग हुने बताउनु भयो। कार्यक्रमको विशिष्ट अतिथि ई.रमेश बास्तोलाले इन्जिनियरिङ समुदायमा पेशागत मर्यादा कायम हुनुपर्ने बताउनु भयो। कार्यक्रममा अतिथिका सिंचाइ डिभिजन कार्यालय पोखरा का प्रमुख ई. किरण आचार्य, सिडेन गण्डकी प्रदेश्का सह-सचिब ई.पारस रेग्मी, कोषाध्यक्ष ई.अबित के.सि, पिन कास्की उपाध्यक्ष ई.रबिन्द्र बहादुर गोदार, नियोन प्रतिनिधि ई.आनन्द भट्टराई लगाएत हुनुहुन्थ्यो ।
२३ टिम सम्मीलित खेलको उदघाटन खेल शुक्लागण्डकि नगरपालिका र आर्क्टेक ईन्जिनियरिङ सेर्भिसेस बिच भएको थियो। प्रथम चरणको खेल सकिएको र भोलि समापन हुने संयोजक ई.हेम बहादुर गुरुङले जानकारी गराउनुभयो ।
पारस रेग्मीबाट

Advertisment