कांग्रेस मुख्य सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

काठमाडौं, श्रावण ४ : नेपाली कांग्रेस संसदिय दलका नेता शेर बहादुर देउवाले प्रतिनिधि सभाको मुख्य सचेतक र सचेतक नियुक्त गरेका छन ।
मंगलबार कांग्रेस सभापति एबं प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।
यसअघि मुख्य सचेत रहेका बालकृष्ण खांड गृहमन्त्री नियुक्त भएपछि रिक्त रहेको पदमा यादबलाई र भने सचेतक पुष्पा भुसाल गौतम उपसभामुख चयन भएपछि रिक्त रहेको सचेतकमा बिश्वकर्मालाई नियुक्ति गरिएको हो ।
तस्बीर फाईल

Advertisment