कांग्रेस नेतृ डा . आरजु राणा देउवाको दिल्लीमा शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेर बहादुर देउवाका धर्मपत्नी डा. आरजु राणा देउवाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको समाचार प्राप्त भएको छ । ।

१० दिनअघि नयाँ दिल्ली पुगेकी कांग्रेस नेतृ डा. राणाको अन्कोगाईनोकोलोजिष्ट प्रोफेसर डा. हरित चतुर्वेदी र डा.कनिका बत्रा मोदीसहितको चिकित्सकको टोलीले शल्यक्रिया गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटर मार्फत जानकारी दिएका छन ।

कांग्रेस नेतृ डा.राणासँगै दिल्लीमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठले डा. राणाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको समेत जानकारी दिएका छन् । नेतृ राणा केही दिनमा डिस्चार्ज हुने र करिब ३ महिना आराम गर्न चिकित्सकले सुझाब दिएको समाचार छ ।
२०७९/ श्रावण १० गते मंगलबार

Advertisment