अन्नपुर्ण गाऊंपालिका वडा नं -७ को घुम्ती सेवा पोखरामा जारी

पोखरा । श्रावण १३, कास्की जिल्ला अन्नपुर्ण गाऊंपालिका वडा नम्बर – ७ स्थायी ठेगाना रही हाल पोखरामा विभिन्न पेशा व्यवसाय गरि बसेका नागरिकहरुको लागी वडा कार्यालयले दुईदिने घुम्ती सेवा प्रदान गरेको छ ।
जनताको सुबिधालाई मध्यनजर गरि यहि श्रावण १२ र १३ ( हिजो र आज ) तान्चोक नौजे पैंगीलामा परिवार समाज भवन,( पोखरा -१, सिमपानी) मा घुम्ती सेवा संचालन गरिएको वडाध्यक्ष भरतमान गुरूङले जानकारी दिएका छन् ।
सेवाग्राहीहरुको चाप बढि भइ काम नभ्याएइकोले घुम्ती सेवालाई भोली श्रावण १४ गते पनि १ दिन थप गरिएको समेत जानकारी दिए ।
बिहिबार र शुक्रबार दुई दिन मालपोत तिरो – १५० जना,
जन्म दर्ता -४ जना,मृत्यु दर्ता -१, विवाह दर्ता -१, बसाइँसराइ दर्ता -१, नाता प्रमाणीत -२, सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण -१००जना, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नयाँ दर्ता – ११, नागरिकता प्रतिलिपी सिफारिस – ५ जना, नागरिकता सिफारिस – २, अन्य सिफारिस – २ जनाले सेवा लिएको वडा कार्यालयले जनाएको छ । आज सेवा लिन आउने र काम सम्पन्न नभएकाहरुलाई शनिबार (भोली) पनि सेवा दिने वडा सदस्य गौप्रसाद गुरूङले समेत प्रष्ट पारेका छन ।

Advertisment